Logo

Student Corner

शिक्षाले मानिसको जीवनमा ल्याउने परिवर्तन

Written by: Aaniya Poudel - 27002, Grade X

Posted on: 03 May, 2024

शिक्षाको हाम्रो जीवनमा ठूलो महत्व हुन्छ। शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही कुरा सिक्नु भनेर बुझ्न सकिन्छ र त्यो ज्ञान किताबमा मात्र सीमित रहँदैन। हामीले हाम्रो समाजबाट र जीवनमा घटेको विभिन्न घटनाहरूबाट पनि विभिन्न ज्ञान प्राप्त गर्न सक्छौँ । शिक्षाकै माध्यमबाट हामीले हाम्रो जीवनमा विभिन्न सफलताहरू प्राप्त गर्न सक्छौँ । हामीभित्र भएको शिक्षा र विवेकले गर्दा नै हामी सत्य र असत्य वा  सही र गलतमा फरक छुट्याउन सक्षम भएका हौँ । मानिसहरूले सही र गलतमा फरक गर्ने ज्ञान हामीले किताबबाट मात्र सिक्न सक्छौँ भन्लान् तर यदि त्यो ज्ञान किताबमा मात्र प्राप्त हुने भएको भए हाम्रो हजुरबुवा र हजुरआमाले राम्रोसँग पढ्न पाउनुभएको छैन । जति ज्ञान अहिले हामीसँग छ किताबको माध्यमबाट त्यति ज्ञान उहाँहरूसँग छैन । तत्पश्चात पनि जीवनमा लिने केही पनि निर्णयहरूमा उहाँहरू सक्षम हुनुहुन्छ। किनभने उहाँहरूले विभिन्न ग्रन्थहरू पढ्नुभएको छ। जसबाट पनि शिक्षा आर्जन गर्न सकिन्छ। विभिन्न हिन्दु ग्रन्थहरूले हामीलाई ज्ञान दिने गर्छ । उहाँहरूले त्यही ज्ञान आर्जन गर्नुभएको छ र जीवनमा धेरै कुरा भोग्नुभएको छ । भोगाइ र सिकाइले गर्दा उहाँहरू आफ्नो जीवनमा केही पनि निर्णय लिन असमर्थ हुनुहुन्न । हामीले जन्मदेखि मृत्युसम्म ज्ञान प्राप्त गरिरहेका हुन्छौँ । सुरूमा हामीले हाम्रो आमाबुबाबाट मानिसहरूप्रति गर्ने व्यवहार र नगर्ने व्यवहारहरू सिक्छौँ । त्यही सिकेको व्यवहारलाई हामीहरूले अपनाउँछौँ । त्यसपछि हामीले हाम्रो  समाजमा भएका मानिसहरू र किताबहरूबाट विभिन्न ज्ञानहरू पाउँछौँ । हाम्रो जीवनमा त्यस ज्ञानले एउटा मार्गदर्शकको रूपमा काम गरेको हुन्छ। र, हामीले सिकेको ज्ञानमध्ये हामीले छुट्याउँछौँ । हामी कुन बाटोमा जाने,  सही बाटोमा वा गलत बाटोमा । शिक्षाले मानिसलाई विभिन्न कुराहरू सिकाउँछ । त्यही कुराहरूले गर्दा मानिसमा यति विवेक हुन्छ कि  सही र गलत बिच फरक छुट्याउन सक्छ कति मानिसहरूले सानै उमेरमा धेरै कुरा भोगेका हुन्छन् । त्यही भोगाइबाट पाएको शिक्षाले गर्दाखेरि उनीहरूले छिटै नै सही र गलत बीचको फरक र आफ्नो जीवनमा गर्नुपर्ने कार्यहरू बुझ्न सफल हुन्छन् । सबैको जीवनमा शिक्षाले छुट्टाछुट्टै भूमिका खेलेको हुन्छ । कति मानिसहरू जीवनमा भोगेको भोगाइले र त्यसबाट पाएको वा सिकेको विभिन्न शिक्षाले गलत बाटोमा पनि जान सक्छन् । शिक्षाले एउटा मानिसलाई निर्णय लिनमा पनि सहज बनाउने गर्दछ । मानिसहरू उमेरले ज्ञानी हुँदैनन् । मानिसहरू आफ्नो जीवनमा भोगेको, सिकेको र आर्जन गरेको शिक्षाबाट ज्ञानी हुने गर्दछन् । अहिलेको समयमा  किताबबाट आर्जन हुने शिक्षा धेरै महत्त्वपूर्ण भएको छ । अहिले भविष्यमा केही गर्नको लागि आफ्नो भविष्य आफै साकार पार्नको लागि किताबबाट आर्जन गरिने ज्ञान धेरै महत्त्वपूर्ण छ। अहिले हामीमा भएको विवेकशील, सही वा गलत छुट्याउन सक्ने सामर्थ्य सबै त्यही शिक्षाबाट नै आएको हो । जीवनमा भएको उतारचढावले पनि मानिसलाई केही न केही कुरा सिकाउने गर्दछ । मानिसले आफ्नो जीवनमा गरेको गल्तीबाट पनि विभिन्न कुराहरू सिक्ने गर्दछन् । भविष्यमा त्यो कुरा नदोहाेरियोस् भन्ने पूर्ण प्रयास गर्ने गर्दछ र त्यो पनि शिक्षा नै हो ।  मानिसहरूले विभिन्न धर्म ग्रन्थहरू पढ्ने गर्दछन् र ती धर्मग्रन्थमा विभिन्न घटनाहरू घटेका हुन्छन् न् । जसले हामीलाई सत्यको मार्गमा हिँडाउँछन् । असत्य र सत्यको युद्धमा सत्यकाे नै जित हुन्छ।  हरेक घटनाले मानिसलाई केही न केही कुरा सिकाउने गर्दछ । हामीले  किताबमा विभिन्न कथाहरू पढ्ने गर्दछाैँ र  कथाको अन्त्यमा हामीले केही न केही कुरा सिक्ने गर्दछौँ । जुन हाम्रो जीवनमा प्रभावकारी  हुन्छ। मानिसले वरिपरिको वातावरण, समाजबाट पनि धेरै कुराहरू सिक्छ । समाजमा सकारात्मक वातावरण छ भने उज्ज्वल भविष्यतर्फ उसको पाइला बढ्ने गर्दछ तर सानैदेखि  नराम्रो वातावरणमा हुर्किएकाे छ भने ऊ नराम्रो बाटोतर्फ लाग्ने सम्भावना पनि हुन्छ । कति मानिसहरू आफूिभित्र भएको ज्ञानले गर्दा नकारात्मक परिस्थिति वा वातावरणमा पनि सकारात्मक बाटोमा जान सक्छन् ।