Logo

Student Corner

फूलबारी

Written by: Sambid Dhakal - 30028, Grade VI

Posted on: 25 March, 2024

 रङ्गी र चङ्गी फूल भएको सुन्दर फूलबारी 

साना काेपिला सप्रिने भाका नटिप्नु भुल गरी ।

मख्मली, चम्पा, गुलाफ, चमेली, अति नै सुन्दर फूल

फूलबारीका यी सुन्दर फूलका निकै रमाइला हुल ।


 

वातावरणलाई मोहित बनाउने मधुर सुवास

फरक जात फरक वास्ना निकै छन् मिठास ।

दिन र रात जति बेला नि चम्किला मुस्कान 

आँधी आए  नि पैराे आए नि खुसी छन् सुमन  ।


 

फूलबारीमा गएर मौरी फूलकाे रस चुस्दछन्

एकेक थाेपा  थाेर थाेरै गरी मह बनाउँछन् ।

विविध फूलकाे सङ्गम एउटै याे हाम्राे समाज

बगैँचाका ती  सुन्दर फूलमा  मुस्कानकाे छ राज ।


 

आँखालाई दिन्छ आनन्द अनि नचाउँछ तनलाई 

भँवरा गाउँछन् सुन्दर गीत हसाउँछन् मनलाई ।

आँट र साहस ऊर्जाले भर्छ थकित तनलाई  

पीडाअप्ठ्यारा वेदनाबाट छुटकारा दिनलाई ।


 

अघाउन्नन् आँखा रङ्गीविरङ्गी फूललाई हेरेर 

अघाउन्नन् पेट फूलकाे सुवास दिनभरि सुँघेर ।