Logo

Student Corner

प्रकृति र पाेखरा

Written by: Shreeda Risal - 29031, Grade VII

Posted on: 22 March, 2024

बिहान यहाँ माछापुच्छ्रे त्याे हिमाल  हाँस्दछ 

सराङ्काेट डाँडा गहना लगाई सङ्गीतमा नाँच्दछ 

फेवातालको काखमा प्याराे हिमाल हाँस्दछ 

नेपालको चित्रमा यस्ले सुन्दर रङ भर्दछ ।

   

सन्ध्याकालमा शान्तिस्तुप डाँडामा हाँस्दछ 

रमणीय ठाउँ लोभ लाग्दो सहर निरन्तर बाँच्दछ

विन्दवासिनी देवता ढाेगी आशीर्वाद  लिने छन् 

पर्यटक आई रमाइलो मानी साैन्दर्य पिउँदछन् ।


 

सुन्दर सहर वर्णन गरी म धेरै थाकेँ  है

सुन्दर दृश्य मनकाे एउटा कुनामा राखेँ  है

बिहान उठी  फेवाताल देख्दा मन नै रमाइलो

सराङ्काेटकाे सूर्याेदय त हुन्छ झन् घमाइलो  । 


 

फरक भेष फरक जाति मिलेर बसेका

देवीकाे रूपमा झरना र तालले मित्रता गाँसेका 

रारा,बेगनास रूपा र फेवा क्या राम्रो देखेको 

मुहार झैँ झल्मल अन्नपूर्णले पाइला टेकेकाे । 


 

रमणीय सुन्दर  मुहारबाट हटाउँ बादल 

प्रकृतिकाे विचित्रताकाे रसिलाे आँचल

फेवातालको काखमा हिमाल हाँसेर बस्दछ 

नेपालको चित्र विचित्रतामा सुन्दर रस छ ।