Logo

Student Corner

नदी

Written by: Sushant Pokharel - 32020, Grade IV

Posted on: 21 March, 2024

नदी भन्नाले ससाना खोल्साभन्दा ठुला र बाह्रै महिना निरन्तर बगिरहने पानीको स्रोत नै नदी हो । कुनै नदीका मुहान हिमालमा हुन्छन् । कुनै नदीका मुहान पहाडमा हुन्छन् । हाम्राे  देशमा नदीको उत्पत्ति धेरैजसाे हिमालयबाट भएकाे हाे । जलस्रोतको हिसाबले हाम्रो देश नेपाल धनी छ। यहाँ धेरै नदीहरू छन् । नदी हिउँदको समयमा साना हुन्छन् भने बर्खामा नदीहरू ठुला हुन्छन् र बाढीको जोखिम हुन्छ। यो समयमा पानीकाे बहाब बढ्छ । कहिलेकाहीँ धनजनको क्षति पनि हुन्छ। बर्खाको बेलामा बाढी र पहिरोबाट जोगिन हामी बेलैमा सचेत हुनुपर्छ। नदीकाे अन्तिम गन्तव्य विभिन्न अरू नदीनालाहरूसँग मिसिदै समुद्रसम्म हुन्छ । नदी हाम्रो जीवनमा धेरै महत्त्वपूर्ण छ । मानव सभ्यताको विकासको क्रम नै नदीको किनारबाट भएको पाइन्छ । नदीबाट हामीले बिजुली निकाल्न सक्छौँ। खेतबारीमा सिँचाइ गर्न सक्छौँ। नदीबाट घरायसी आवश्यकता पनि पूरा गर्न सकिन्छ । नदीबाट अन्य फाइदा लिन सकिन्छ। तसर्थ नदीलाई फोहोर बनाउनु हुँदैन।