Written by: Suprabh Acharya - 27014, Grade IX
Posted on: 20 March, 2024
खै किन हाे मैले
धेरै समयदेखि
बिहानी मस्काएकाे देखेकाे छैन
उषाकाे किरणले
शीतकाे थाेपा
सुकाएकाे देखेकाे छैन।
प्रकृतिकाे साैन्दर्य मुटुमा
हामी खडाछाैँ
उम्रिदैँ गरेकाे बिरुवा
बाेट हुन सकेकाे छैन
कलकल बग्ने खाेला
सुरिलाे भाकामा
नागबेली बगाई र सुसाइमा छैन ।
सानाे किरादेखि
ठुलाे ह्वेलसमेत
आफ्नाे पनमा बाँचेकाे
महसुस छैन
प्रकृतिकाे माटाे,
हामीले फेर्ने सास,
पिउने पानीमा
स्वाद र मिठास भरिएकाे छैन।
आमा समान धर्तीकाे
माया र चिन्ता कसैलाई छैन
अब अत्तिभाे
अब हामी जुट्नुपर्छ
हाम्राे न्यायका लागि
लड्नु पर्छ
पर्यावरणीय न्याय र युवाकाे नेतृत्व
सबैकाे मन मस्तिष्कमा
किला सरी गड्नुपर्छ।
तब त
सुनिश्चित हुन्छ
पर्यावरणीय न्याय
सामाजिक न्याय र मानव अधिकार
अनि त
सम्भव छ प्राणी मात्रलाई
स्वतन्त्र हुनेछन्
सुनिश्चित हाम्रा अधिकार।
हातेमालाे गरेर
उठाैँ र जुटाैँ
पर्यावरणीय न्यायका लागि
देश र विश्वभरि
हामी सबैकाे एकताले
मागले सम्भव छ
राम्राे संसार र हाम्राे संसार ।