Logo

Student Corner

मेरो समुदाय

Written by: Ashwith Acharya - 33030, Grade III

Posted on: 20 March, 2024

म लोकन्थली भक्तपुरमा बस्छु। मेरो समुदाय सफा र सुन्दर छ। मेरो समुदायमा ठुलाठुला बाटाहरू छन् । यहाँ पढ्नका लागि विद्यालयहरू छन् । बिरामी हुँदा उपचार गर्नका लागि अस्पताल पनि छन् । मेरो समुदायमा प्रहरी कार्यालय बैङ्क र भोजनालय पनि छन् । किनमेल गर्नका लागि सानादेखि ठुला पसलहरू पनि छन् । जनताको सेवा र समुदायको विकासका लागि वडा कार्यालय पनि छ। यहाँको बस्ती धेरै बाक्लो छ। मेरो साथीको घर पनि धेरै नजिक छ। यहाँका मानिसहरू धेरै नै सहयोगी छन् । हाम्रो समुदायको वातावरण धेरै राम्रो छ। मलाई मेरो समुदाय राम्रो र रमाइलो लाग्दछ।