Logo

Student Corner

लाखे नाच

Written by: Praneesha Shrestha - 31017, Grade V

Posted on: 20 March, 2024

नेवार समुदायले कुनै विशेष जात्रामा लाखेको मुखुन्डाे पहिरिएर गरिने परम्परागत नृत्य नै लाखे नाच हो । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठमाडौँमा देखाइन्छ । कृष्णलाई मार्नका लागि कंशले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुवात भयो भन्ने कुरामा विभिन्न मतभेद रहेको छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन् ।नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ ।  नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच जिल्लाबाट लोप हुने अवस्थामा पनि लाखे नाच जिल्लाभर प्रचलित नै छ । नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहे पनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परासमेत पनि हराउँदै गएकाे महुस गरिएको छ । नाच तालमा स्थानीय लोकगीत, रोपाईजात्रा, घोडेजात्रा, गाईजात्रा, रुटजात्रा, वैरागीजात्रा लगायतका जात्राहरू समाजका विभिन्न विकृतिलाई व्यङ्ग्य गर्न र आम जनताको मनोरञ्जनका लागि गरिन्छ।