Logo

Student Corner

कमिला

Written by: Neliya Pathak - 30066, Grade VI

Posted on: 19 March, 2024

 कमिला एउटा सानो प्राणी हो । यो निकै मिहेनेती हुन्छ । यसले गर्मी महिनामा खाना बटुल्ने काम गर्छ । यो प्राय कालो र रातो रङको हुन्छ । यसले गुलियो कुरा जस्तैः चिनी पनि खाने गर्छ । यिनीहरू प्राय जङ्गलमा बस्ने  गर्दछन् । यिनीहरूले माटोको साना साना दुलो भएकाे पहाड जस्तै घर बनाउने गर्छन् । हामी पनि तिनीहरू जस्तै मिहिनेती हुन सिक्नुपर्छ । कमिलाले ताँती बनाएर मात्र हिँड्ने गर्छन् । यिनीहरू रुखमा पनि हुन्छन् । यिनीहरूमध्ये कसैको कान र कसैको आँखा हुँदैनन् । यिनीहरूले हामीलाई टोक्न पनि सक्छन् । यिनीहरू जाडो महिनामा आफ्नै दुलोमा बस्छन् ।  जाडोमा खाने र गर्मी महिनामा खाना बटुल्ने मात्र गर्छन् । रातो कमिला धेरै सानो र कालो कमिला अलि ठुलो हुने गर्छ । यिनीहरूलाई सानो भनेर हेप्नु हुँदैन किनभने एउटा हात्तीले पनि कमिलालाई सानाे भनेर हेपेका कारण उसले दुःख पाएको थियो ।  हामीले यस्ता निर्दोष प्राणीलाई मार्नु हुँदैन । हामी पनि यिनीहरूबाट मिहिनेत गर्न सिक्नुपर्छ । मिहेनेत गरेर आफू  सफल  हुन  सिक्नुपर्छ ।