Logo

Student Corner

तिहार

Written by: Avneesha Maharjan - 32005, Grade IV

Posted on: 19 March, 2024

मलाई मन पर्ने चाड तिहार हो । तिहारलाई बत्तीको चाड पनि भनिन्छ । तिहार दसैँपछि आउँछ । यो चाड प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयाेदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन मनाइन्छ। पहिलो दिन कागतिहार हो । दोस्रो दिन कुकुरतिहार हो । तेस्रो दिन लक्ष्मीपूजा हो । यस दिन घर सफा गरेर राति दियोबत्ती बालेर लक्ष्मीमाताको पूजा गरिन्छ । तिहारमा सबैतिर झिलिमिली हुन्छ । चौथो दिन गोवर्द्धन पूजा र म्हपूजा मनाइन्छ । म्हपूजाकाे दिन नेवारहरूको नयाँ वर्ष हो । पाँचौँ दिन भाइटीका हो । त्यस दिन दिदीबहिनीले आफ्नो दाजुभाइलाई टीका र मखमली फूलको माला लगाइदिएर मिठा मिठा खानेकुरा दिएर भाइटीका मनाउँछन् । तिहारलाई यमपञ्चक पनि भनिन्छ । मेरो समुदायमा तिहार चाड धुमधामसँग मनाइन्छ ।