Logo

Student Corner

म नेतृत्व तहमा भए वा नभए पनि

Written by: Aadhyaya Bhandari - 27031, Grade IX

Posted on: 18 March, 2024

मेरो देश नेपाल एउटा सुन्दर, शान्त र सानो राष्ट्र । मेरो देश प्रकृतिले भरिपूर्ण छ । त्यस्तै म यो देशको योग्य नागरिक हुँ । मेरो नाम अध्याय भण्डारी । मा कक्षा ९ मा पढ्ने छात्र । मैले आफ्नो देशलाई धेरै क्षेत्रमा योगदान दिन सक्छु । म मेरो देशलाई चिनाउन धेरै काम गर्न सक्छु । 

पहिले, म राम्ररी पढेर मेरो र मेरो देशको विकाश गर्न सक्छु । मैले मेरो देशको विकाश गर्नको लागि महत्त्वपूर्ण योगदान दिनुपर्छ । मैले मिहिनेत गरेँ भने म आफ्नो देशमा, विदेशबाट बेरोजगार  मानिसहरूलाई मेरो देशमा ल्याएर ती मनिसहरूलाई रोजगारीको अवसर दिन्छु । यी कामहरू पढेर म देशमा गर्न चहान्छु । 

दोस्रो, म एउटा राजनीतिज्ञ भएँ भने म देशको विकाश गर्छु । राजनीतिज्ञको काम नै देशको विकाश गर्नु हो । तर त्यो काम पनि कुन कुन क्षेत्रमा गर्ने भन्ने सोचेर गर्नुपर्छ । पहिले त म  मेरो देशमा भएको  सडक पूर्वाधारको व्यवस्था गर्थेँ । म बाटोहरूलाई पूर्ण राम्ररी निर्माण गरी दुर्घटना हुनबाट बचाउन चाहन्छु । जति पैसा मैले पाउँथेँ म त्यो सबै पैसा बाटोमा लगानी गर्थेँ । तर आहिलेका राजनीतिज्ञहरू त आधा पैसा गोजीमा र आधा पैसाले चाँही बाटो बनाउने काम पनि गरे जस्ताे लाग्दैन । बनाएकाे बाटो  वर्ष पनि नटिक्ने । त्यस्तो काम धेरै गलत काम हो । बाटोको व्यवस्था भइसकेपछि म शिक्षाको राम्राे व्यवस्था गर्थेँ । आर्थिक अवस्था अति कमजाेर भएर पढ्न नसक्ने विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्थेँ । त्यसपछि म जुन विद्यार्थी पढ्न सक्छ तर उसको पारिवारिक समस्याको कारण र घरको आर्थिक स्थिति केही  कमजाेर भएको विद्यार्थीलाई म केही छात्रवृति प्रदान गर्थे । देशका जुन जुन राम्रा राम्रा पर्यटकीय स्थलहरू छन् तिनीहरूकाे  राम्राे विकाश गर्थे । 

म खेलाडी बनेर मेरो देशको लागि मानौँ क्रिकेट खेल्थेँ । म त्यसमा पनि धेरै विकाश गर्थेँ । म आहिलेको नेपाल क्रिकेट टिमको आवस्थालाई एकदम राम्रो बनाउने प्रयास गर्थे । मेरो देशलाई क्रिकेटको सबै ढाँचामा लाग्ने प्रयास गर्थेँ । जस्तै हाम्रो देश नेपालको क्रिकेटको आवस्था खासै राम्रो छैन । म राम्रो खेलेर मेरो देशलाई अर्को पटकको विश्वकपमा लग्ने प्रयास गर्थेँ । साथै म मेरो देशलाई टि - २० विश्वकपमा लगेर जित हासिल गर्न योग्य बनाउन प्रयास गर्थेँ । म धेरै टुर्नामेन्टहरू जितेर मेरो देशको नाम उच्च राख्थेँ । म मेरो देशलाई आजसम्म नगएको टुर्नामेन्ट टेस्टमा पनि लगेर टेस्टको विश्वकप जित्ने योग्य बनाउन चाहन्छु । अहिले हाम्रो देशको क्रिकेट टिमलाई अरू देशको क्रिकेट टिमले त्यस्तो राम्रो मान्दैनन् म त्यहाँ गएर हाम्रो देशको नाम प्रसिद्ध गर्न चाहन्छु र उनीहरूको मुख बन्द गर्न चाहन्छु । 

अन्तिममा, म एउटा शिक्षक हुन्थे भने म विद्यार्थीहरूलाई राम्ररी पढाउँथे म उनीहरूलाई सजिलो तरिकाले  सबै कुराहरू सम्झाउँथे । म उनीहरूलाई भविष्यमा एकदम असल व्यक्ति बन्ने तरिकाले पढाउँथे । म उनीहरूलाई देशको मूल कानुनको बारेमा बताउँथे । म उनीहरूलाई हाम्रो देशको अहिलेको परिस्थितिबारे पनि सम्झाउँथे । 

यिनी कुराहरू म देशको लागि गर्न चाहन्छु । मैले देशको लागि गर्ने सक्ने योगदान यिनै हुन् । म देशको विकाश र देशलाई सुधार्नको लागि यिनै काम गर्न चाहन्छु ।