Logo

Student Corner

कृषि

Written by: Dinisha Shiwakoti - 31042, Grade V

Posted on: 18 March, 2024

जमिनलाई प्रयोग गरेर गरिने सम्पूर्ण कामहरू जस्तै: खेतीपाती, पशुपन्छी पालन, फलफूल खेती , मौरी पालन, माछा पालन आदिलाई कृषि भनिन्छ । कृषि गर्ने, अन्न उब्जाउने मानिसलाई किसान भनिन्छ । किसानले उत्पादन गर्ने खाद्यान्नलाई दुई प्रकारमा बाँडिएको छ: खाद्यान्न बाली र नगदे बाली । खाद्यान्न बाली खानको लागि उब्जाइने बाली हो भने नगदे बाली भने बेच्नको लागि उब्जाइने बाली हो । कृषि दुई प्रकारका हुन्छन्:

१. परम्परागत कृषि:-  परम्परातगत कृषिमा परम्परागत औजारहरू, पुराना ढङ्गका ‌औजारहरू जस्तै कुटो, कोदालो, हलो आदि प्रयोग गरिन्छ । खेतीपातीका लागि आकाशे पानीमा भर पर्नु पर्ने हुन्छ । मलका लागि गाईभैँसीको मलमुत्रलाई प्रयोग गरिन्छ । सोही अनुसार उत्पादन पनि कम हुन्छ ।

२. आधुनिक कृषि:-  आधुनिक औजार र मेसिनहरू प्रयोग गरेर थोरै जमिनमा पनि धेरै उत्पादन गर्ने कामलाई आधुनिक कृषि भनिन्छ । आधुनिक यन्त्रहरूको सहायताले कम समयमा पनि धेरै काम गर्न सकिने हुन्छ।

 नेपाल एक कृषिप्रधान देश हो । धेरै जसो नेपालीहरूको प्रमुख पेश नै कृषि हो । आर्थिक सर्वेक्षण २०७९/८० को अनुसार कृषि पेशामा संलग्न नेपालको जम्मा जनसंख्याको ५०.४ प्रतिशत रहेको छ । कुल ग्राहस्थ्य उत्पादनमा २०७९/८० मा कृषिको योगदान २४.१ प्रतिशत रहेको अनुमान छ। 

नेपलाको जम्मा जनसंख्याको ५०.४ प्रतिशत जनसंख्याले कृषि पेशा गर्ने हुँदा हामीले आधुनिक कृषि गरी उत्पादन बढाउनुपर्छ । हामीले दैनिक रूपमा खाने खानेकुराहरू कृषि र कृषकको मेहनतको फल हो । त्यसैले हामी सबैजनाले कृषि पेशा र कृषकको कामलाई सम्मान गर्नुपर्छ ।