Written by: Pricosva Shrestha - 29059, Grade VII
Posted on: 14 March, 2024
दुइतीन दिनपछि घरबाट बाहिर निस्किएकी म
आकाशमा घण्टै हेरूँ जस्तै लाग्यो
घाम, बादल र पशुपंक्षीबाहेक अरू केही थिएन ।
पृथ्वीले आफ्नो रूप फेरे जस्तै पनि लाग्यो
झरनाको पानी भर्दा अझ मन लोभ्यायो
हरिया जमिन, नीलो आकाश, रुख, बोट बिरुवा ।
बाहिर बस्दाबस्दै मेराे मन लाेभ्यायाे ।
कहिले अन्त्य हुँदैन भन्ने लाग्यो
अलि पर पुगेपछि जनावहरूमा मेरो आँखा गयो
कति आनन्द र खुसी देखिन्थे
हरियालीपनमा तिनले तिर्सना मेट्थे ।
जरायो, खरायो , बिरालो , गाई रमाउँदै थिए
पहाड पनि मुसुक्क हाँसे, लाखौ प्राणी हासे झैँ
प्रकृति र त्यहाँका आवाजबाहेक अरू केही छैन
तिनै सुन्दरतामा आँखाकाे तिर्सना मेटिँदैन ।
एकछिन सपना हो कि बिपना हो
छुट्याउन सकिन
प्रकृतिको सुन्दरता हराएँ म
पृथ्वीमा म एक्लो मानिस जस्तै थिएँ ।
त्यस्तो आनन्द ठाउँमा मैले तपस्या गरेँ ।