Logo

Student Corner

Written by: Sambid Dhakal - 30028, Grade VI

Posted on: 13 March, 2024

काठमाडौँ अनि भक्तपुरकाे बिचमा ललितपुर थियाे 

बिचकाे त्यो ठाउँ ललितपुरमा मेराे आफ्नो जन्म भयाे


 

 असोज बाइस उनान्सत्तरी सालमा म  जन्मे थेँ

त्याे सोमबार रविका साथ धर्तीमा चम्के थेँ


 

न्वारन भयो त्यो भक्तपुरको कमेरोटारमा

नाम भयो संविद प्यारो लाग्यो पैसा थियो हातमा 


 

५ महिनापछि भात ख्वाइ भयो म चकचक गर्दै थिएँ

सबजनासँग रमाउन पाउँदा म पनि मख्ख थिएँ 


 

बिस्तारै बोली फुटेको थियो घोडा झैँ हिँड्दथेँ

आफन्तहरू साथीभाइहरू पनि सबजना चिन्दथेँ


 

तीन चार वर्षकाे भएथेँ  धुरुरु रुने गर्दथेँ

माेबाइल पाउँदा म शान्त हुन्थेँ अनि  खुसी पनि हुन्थेँ


 

भर्ना भएँ स्कुलमा अब साथीभाइ बनाएँ

चिप्लेटीबाट चिप्लिन पाउँदा म निकै रमाएँ ।