Logo

Student Corner

पानी

Written by: Ruhjen Jung Khadka - 32014, Grade IV

Posted on: 13 March, 2024

पानी हाम्राे लागि एउटा महत्त्वपूर्ण प्राकृतिक उपहार हो। हामी सबैलाई पानी महत्त्वपूर्ण छ। हामीलाई बाँच्न पानी चाहिन्छ । पृथ्वीमा रहेका प्रत्येक जीवित मानिसहरूलाई आफ्नाे शरीरकाे उचित कामका लागि पानीकाे आवश्यकता पर्छ । पानीले हाम्राे दैनिक क्रियाकलापमा महत्त्वपूर्ण भूमिका खेल्छ । पानी कृषि, उद्याेग, घरायसी कामकाज, वनस्पति, जीवजन्तु आदि सबैलाई पानी चाहिन्छ। पानीले वातावरणलाई सुन्दर बनाउँछ। यसले तापक्रमलाई पनि कम बनाउँछ । पानीले गर्दा अहिले हामीले प्रशस्त बिजुली पाइरहेका छौँ। पानीका स्राेतहरू कुवा, ताल, नदी, हिमनदी, हिउँ र इनार आदि हुन् । समुद्रकाे पानी नुनिलाे हुन्छ । हाम्रो पृथ्वीकाे सतह  ७० प्रतिशत पानीले बनेकाे छ। अहिले बढ्दो जनसङ्ख्याले गर्दा पानीको मुहानहरू प्रदूषण हुँदै गइरहेका छन् । यसले गर्दा मानिसको स्वास्थ्यमा नराम्रो असर परिरहेको छ। यो कुरालाई हामीले ध्यानमा राखेर पानीकाे प्रदूषण हुनबाट राेक्न एकजुट भई लाग्नुपर्छ । पानी जीवनकाे आधार हाे । पानीबिनाको जीवन हामी कल्पना पनि गर्न सक्दैनौँ । पानीकाे चक्रमा गडबडी भएमा विश्वमा तापक्रम बढ्ने, बाढी र खडेरी निम्तिन्छन् । यसको सदुपयाेग गर्नु हामी सबै नेपालीहरूकाे जिम्मेवारी हाे ।