Logo

Student Corner

व्यवहारिक/प्राविधिक शिक्षा आजको आवश्यकता

Written by: Muna Gautam - 25085, Grade XI

Posted on: 12 March, 2024

शिक्षा नै सबथोक हो । मानव जीवनमा शिक्षा महत्त्वपूर्ण विषय हो । शिक्षा भनेको मानिसलाई पूर्ण बनाउने तत्त्व हो । शिक्षा विभिन्न किसिमका हुन्छन् । शिक्षा औपचारिक/अनौपचारिक, साधारण, व्यक्गित र प्रत्यक्ष/अप्रत्यक्ष गरी चार प्रकारका हुन्छन् । नेपालमा प्रचीन कालमा शिक्षा त्यत्ति विकास भएको थिएन । प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । विद्यालयमा विद्यार्थीलाई प्रयोगात्मक कार्य गराई सिप, कला सिकाउनु नै प्राविधिक शिक्षा हो । प्राविधिक शिक्षा भन्नाले विज्ञान तथा प्रविधिसम्बन्धी आवश्यक ज्ञान र सिप बुझिन्छ ।

प्रारम्पारिक शिक्षाअन्तर्गत शिक्षाको ज्ञान मात्र हुन्छ तर प्राविधिक शिक्षाले व्यवहारिक ज्ञान र कौशल प्रदान गर्छ । प्राविधिक शिक्षाले योग्यता र क्षमता पनि बढाउछ । यदि मानिसमा प्राविधिक ज्ञान भएमा देशमा भएका स्रोत साधनको कहाँ र कसरी प्रयोग गर्ने भन्ने कुराको अवगत गराउँछ । नेपालको तुलनामा यो शिक्षा एकदमै कम मात्रामा छ । शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरूमा व्यवसायिकरुपमा काम गर्ने सक्षम छैनन् । हाम्रो देशमा भएको स्रोतहरूको उपयोग गर्न नसकेका कारण विदेशबाट आयात गर्नु परेको हो । त्यही कारणले नै स्वदेशीहरूको धन विदेशी परेको हो । देशमा बेरोजगार तथा युवाशक्ति अभाव भएको छ । देशको ठुलो युवा जनशक्ति सस्तो मूल्यमा विदेशिन बाध्य भएका छन् । प्राचीन कालको शिक्षा साघुँरो क्षेत्रमा सीमित थियाे तर एक्काइसौँ शताब्दीमा पुग्दा मानिसहरूका इच्छा आकाङ्क्षा बढेका छन् र प्राचीन कालको शिक्षाले ती सबै इच्छा आकाङ्क्षा पुरा गर्न सक्दैन । ती सबै शिक्षकमा मात्रै सीमित हुन्छ तर प्राविधिक शिक्षा हासिल गरेमा हामीलाई व्यवहारिक पनि बनाउँछ । प्राविधिक शिक्षाअन्तर्गत भूगोल, भौतिक शास्त्र, विज्ञान र जीव विज्ञानको अध्ययन पर्दछ । हवाइजहाज, रेल, इन्टरनेट पनि यसै प्राविधिक शिक्षाअन्तर्गत पर्दछन् । उच्च शिक्षा मात्र नभई विद्यावारिधिसम्म गरेकोमा आवश्यक सिकाइको सिप, कला प्राप्त नभई विदेशिनु परेको छ । हाम्रो देशमा विद्यमान बेरोजगारी समस्या हल गर्न र समाजलाई सुव्यवस्थित बनाउन प्राविधिक शिक्षामो आवश्यक छ । प्राविधिक शिक्षा दिने विद्यालय एवम् विश्व विद्यालय बढाउनुपर्छ । व्यक्तिको रोजाइ र रुचिअनुसारको सिप र काम सरकारले उपलब्ध गराउन प्रयास गर्नुपर्छ । प्राविधिक शिक्षाले रोजगारीका अवसरहरू प्राप्त गर्न सहजता प्रदान गर्नुपर्छ । घरमा बालबालिकालाई इच्छा र आवश्यकताअनुसार पढाउदा उपयुक्त हुन्छ । विद्यार्थीले आफ्नो क्षमता र इच्क्षाअनुसार अघि बढेमा उनीहरूको पनि भविष्य उज्ज्वल हुन्छ । प्राविधिक शिक्षाले आत्म सिकाइ र स्वतन्त्रतालाई प्रोत्साहित गर्छ । जसले रोजगारीको पनि सिर्जना गर्छ । उदाहरणका लागि यदि हामीसँग कुनै वस्तुको बारेमा व्यवहारिक वा प्राविधिक शिक्षा छ भने हामीले सजिलै रोगजार प्राप्त गर्न सक्छौँ । रोजगारका लागि विदेशिनु पर्दैन स्वदेशमै बसी आफुले सिकेको ज्ञान र सिपको प्रयोग गर्न सक्छौ । कुनै पनि कार्य सानो र ठुलो भन्ने हुँदैन । प्राविधिक शिक्षा प्रदान गर्न विद्यालयको सङ्ख्या बढाउनुपर्छ र सबै क्षेत्रमा विद्ययालयको पहुच पनि गराउनुपर्छ । यदि हाम्रो देशले प्राविधिक/व्यfवहारिक सिपमा जोड दिन सकेकोमा हाम्रो देश वृद्धि हुन्छ । प्राविधिक शिक्षाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देश विकासमा मद्दत गरीरहेको हुन्छ । अहिलेको जमाना विद्युत र प्रविधिको जमाना हो त्यसैले हामीलाई प्राविधिक तथा व्यवहारिक शिक्षाको नै आवश्यकता हुन्छ । प्राचीन कालको शिक्षाले अहिको सबै समस्याको हल गर्न सकिदैन ।

अब सरकारले प्रत्यक जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गर्न एकदमै जरुरी छ । देश बनाउन युवाहरूको सक्रिय र रचनात्मक भूमिका रहन्छ । हालको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई जोड दिन सकेमा देश विकास हुने छ । हालको समयमा प्राविधिक शिक्षा अति आवश्यक देखिन्छ । प्रयोगात्मक, गुणस्तरीय र रोजगार उन्मुख बनाउँदै लैजानुपर्छ । यही शिक्षाका कारण दैनिक जीवनमा आइपर्ने चुनौती सहज हुन्छ । समाजमा रहेका गलत संस्कार र मान्यताहरू साथसाथै समस्याको जरा उखेल्ने शिक्षा आवश्यक हुन्छ ।