Logo

Student Corner

एक यात्रा

Written by: Kristina Rai - 27006, Grade IX

Posted on: 12 March, 2024

बिहानको छ बजेको थियो । घाम भर्खर उदाएर आकाश निलो र पहेँलो बादलहरू सुनझैँ उडिरहेका देखिन्थे। त्यो बिहानी एक सुन्दर काल्पनिक चित्रकला जस्तै थियो । अझै पनि त्यस दिनको झल्कोमा भित्र स्पष्ट छ । म कविता आज मैले लेख्न गइरहेकी, मेरो जीवनको एक आनौठो र स्मरणीय यात्रा हो । यो यात्रा बाटोको दुरीमा त केही किलोमिटर मात्र टाढा थियो तर मन र मस्तिष्कमा भने जीवनकै महत्त्वपूर्ण शिक्षा र अनुभवको यात्रा थियो ।

सुमन मेरो अत्यन्त नजिकको साथी मेरो घरबाट केही किलोमिटर पर बस्थ्यो । हामी स्कुलदेखिको मिल्ने साथी एका अर्काकैमार्फत म रमिता र उसनासँग मिलेकी थिएँ । रमिता र उसना मसँग खुब मिल्थे, त्यसकै कारण पनि होला हामी छिट्टै साथी बन्न सक्याैँ । तिनी दुई, सुमनको पुरानो स्कुलका साथी थिए । हामी चार जना अति मिल्थ्याैँ । सायद चार जनाबिच एउटै रुचि र बानी व्यहाेरा भएर पनि होलासस; हाम्रो हरेक कुरा जुर्न पुग्थ्यो । हामी चारै जनाले  साहसिक मन पराउथ्यौँ । नयाँ नयाँ ठाउँ घुम्न जाने र विभिन्न कुराको खोज तलास गर्दै अग्ला अग्ला पहाड चढ्ने हाम्रो रुचि थियो। आजसम्म हामी काठमाडौँको विभिन्न पहाड र पर्वतमा हाइकिङ्ग गईसक्याैँ । त्यस्तै १४ जनवरीमा हामी शनिबार बिहानै सुमनको घर पछाडिबाट देखिने ठुला डाँडा छाड्ने योजनामा थियाैँ । त्यो जङ्गल ठुलो थियो र अहिलेसम्म मैले त्यस ठाउँको केही कुरा सुनेकी छैन । त्यतातिर हाइकिङ गएका मानिस नि मैले देखेकी छैन । यो अलिकति चिन्ताको कुरा थियो । तापनि अनौठो र नयाँ ठाउँको भ्रमण गर्नु नै हाम्रो रुचि थियो  । रमालोको लागि मात्र हामी त्यस दिन त्यो डाँडा चढ्न सहमत भयाैँ । एकातिर हामी सुरक्षा र सावधानीमा त अवश्य ध्यान दिन्थ्याैँ । अझै हामी अनुभवी पनि थियाैँ । त्यसैले शनिबार बिहानै वनजङ्गल डाँडातिर जाने योजना राख्दै हामी घरबाट निस्कने तयारीमा थियाैँ।

हामी जानुभन्दा दिनकै अगाडिको रात मैले त्यस ठाउँको केही जानकारी पाउन अनलाइनमा खोज्न सुरु गरेकी थिएँ । तर अनौठो कुरा त्यस ठाउँको कुनै पनि जानकारी थिएन । त्यस ठाउँको केही जानकारी नपाएपछि मनमा धेरै कुरा खेलाउँदै सुतेछु ।

हामी बिहानै उठ्याैँ । आफूलाई चाहिने समान र केही खानेकुरा झोलामा हाली हामी तयार भयाैँ। सुमनले आफ्नो क्यामराको लेन्स सफा गर्दै बस आउन लागेको कुरा बतायो । हामी झोला बोकी बस लाग्ने ठाउँसम्म पुग्याैँ । त्यति बेला करिब ६:३० भएको थियो । म आफ्नो मोबाइल झिकेर आमालाई फोन गर्न लागेकी थिएँ । ठ्याक्कै बस पनि आइपुग्यो। हामी बस चढ्याैँ । हाम्रो यात्रा सुरु भयो । बसको झ्यालबाट हेर्दै मेरो नजर वनडाँडाको तल्लोतिर घरैघर भएको एउटा सानो बस्तीमा पुग्यो । त्यो बस्तीसम्म पुग्न केवल १०, १५ मिनेट लाग्यो । हामी चार जनाकै अनुहारमा एक किसिमको खुसी र उत्साहा झल्केको थियो।

केही बेरमा हामी बस्तीमा पुग्याैँ । केही दुरीमा सानासाना घरहरू प्रस्टै देखिन्थे । बस रोकेको ठाउँबाट पनि हामी अझै  केही पर हिँड्नुपर्थ्यो । हामी चारजना बाटैबाटो हिँड्दै एउटा ठुलो रुखको छेवैँमा पुग्याैँ । त्यस रुखको छेवैँमा एउटा ठुलाे साइन्बोर्ड थियो । त्यस बोर्डमा वनडाँडा जाने बाटो भनेर ठुला  अक्षरमा लेखिएको थियो ।