Logo

Student Corner

मेरो पदयात्रा

Written by: Raj Manandhar - 31023, Grade V

Posted on: 12 March, 2024

मेरो पदयात्रा तारेभिरसम्मको थियो । याे यात्रा हामी कक्षा ५ का विद्यार्थीहरूले गरेका थियाैँ । हामीलाई पदयात्रामा विद्यालयले लगेकाे थियाे । माघ २६ गते हामी ९ बजे  विद्यालय पुग्याैँ । ९:३० बजे खाना खाएर हामी १० बजे विद्यालयको बसमा चढी यात्रा सुरु गर्याैँ । हामी ३० जना विद्यार्थीहरू, ३ जना शिक्षकहरू र  १ जना जना विद्यालयका कर्मचारी गएका थियााैँ । साथीहरूसँग रमाइलो गर्दै, बाहिरको दृश्यहरू हेर्दै हामी करिब एक घन्टामा जगडोल भन्ने ठाउँमा पुग्यौँ । बस त्यहीँ रोकियो र हाम्रो पदयात्रा सुरु भयो । उकालो ओरालो कहिले जङ्‌गलको बाटो हिँड्दा रमाइलो लाग्थ्यो अनि धेरै हिँड्नु परेको भएर थकाइ पनि लाग्थ्यो । केही बेर आराम गरी पानी खाएर हामी फेरि हिँड्न थाल्यौँ । साथीहरू कोही अगाडि दौडिए भने कोही पछाडि बिस्तारै आउँदै थिए । लगभग २ घण्टा उकालो हिँडेपछि बल्ल हाम्रो गन्तव्य तारेभिर आइपुग्यो । त्यहाँ पुग्दा हामी सबै खुसी भयौँ । यो ठाउँ उचाइमा भएको हुनाले यहाँबाट काठमाडौँ लगायत विभिन्न ठाउँका मनोरम दृश्यहरू देखिन्थे । त्यस ठाउँका बारेमा गुरुआमाले हामीलाई धेरै कुरा बताइदिनुभयाे । केही समय त्यहीँ बितायाैँ ।  खाजा पनि खायाैँ । त्यहाँ हामीले फोटो खिच्यौँ र केही  बेर रमाइलो गरेर हामी २:३० बजे विद्यालय फर्कियौँ ।