Logo

Student Corner

मेरो भाइ

Written by: Aisha Piya - 33033, Grade III

Posted on: 12 March, 2024

मेरो भाइको नाम रियाङ्स हो । रियाङ्स अहिले चार वर्षको भयो । ऊ स्कुल पनि पढ्छ । रियाङ्स अहिले धेरै चुलबुल गर्छ र कोठा फोहोर पार्छ। उसलाई कागज च्यात्न धेरै मन लाग्छ । म स्कुल जाँदा मात्र उसलाई स्कुल जान मन लाग्छ। मेरो भाइलाई उपहार दिएन भने ऊ रिसाउँछ। मेरो भाइ धेरै प्यारो छ। उसलाई गीत गाउन मन पर्छ । उसलाई तबला र मादल पनि बजाउन आउँछ । उसका धेरै साथीहरू छन् । ऊ धेरै बदमासी पनि गर्छ । उसलाई मान्छे घरमा आएको धेरै मन पर्छ। घरमा मान्छे आउँदा ऊ धेरै चकचक गर्छ । भाइ धेरै मायालु छ ।