Logo

Student Corner

नेपालीपन

Written by: Samriddha Sapkota - 24067, Grade XII

Posted on: 11 March, 2024

एक अर्काको चिन्ता गर्नी नेपाली हामी

वेशभूषा हाम्रो राम्रो लाग्छ कति धेरै दामी

सगरमाथाको चुच्चो शान्तिको देश नामी

भाषा, संस्कृति अनेकौँ मिली बसेको नेपाली हामी


 

अनेकौँ भाषा हाम्रो अनेकौँ छ संस्कृति

शान्ति फैलाउने देश शान्ति नै हाम्रा निधि

नयाँ हाम्रो सोच गरि नयाँ नयाँ कृति

कसैलाई नराम्रो नहोस् सबै गर्छन् माया प्रिती


 

दशैं, तिहार मनाऔँ रमाऔँ नेपालीपनमा

देश र एकअर्काको उत्ति कै माया हाम्रो मनमा

सफा सोच र खुशी सब नेपालीको आँगनमा

जडिबुटी र चराचुरुङ्गी हाम्रो हरियो वनमा


 

नेपाली हाम्री देश नै राम्रो यसैमा रमाऔँ

विदेशी पनि फर्किनछन् भूमि सम्जी आफ्नै गाउँ

संस्कृति हाम्रा झनै राम्रा आजै रमाउन जानू

देश चै हाम्रो आमा हाम्रो वन जङ्गल चाहिँ बाबु


 

म मात्र हैन अरु नि यो पनमा रामाउने छन्

देश यो हाम्रो अगाडि झुक्छौँ समाई हाम्रो मन

देश नै झन हरियो वन नेपालको हो नि धन

दशैं, तिहार मनाऔँ रमाऔँ नेपाली पन