Logo

Student Corner

साथी: जीवनको मिठोसँगी

Written by: Aayusi shrestha - 26002, Grade X

Posted on: 11 March, 2024

साथी हो, जीवनको सुखदुःखकाे सँगी,

हाम्रो बनेर हर्ष ल्याउँछ  सुख ।

दुःखमा हात बढाउँछ हाम्रो,

सधैँ साथी, बनिरहोस् दिनरात ।


 

हेर, यो जीवन रङ्गिएको वर्ष,

तिम्रो मुस्कानले सजिलै ल्यायाे हर्ष

सँगै रहेँछौ तिमी साथीको रूपमा,

जीवनको सफलता बढाउँछ यो साथ।


 

गरिबीमा, धनीमा, सुखमा, दुःखमा,

साथी हो, सधैँ साथ छ तिम्रो ।

मित्रतामा छुटाउँछ सबै दुख-सुख,

हेर, यो साथी हो, साथी हो जिन्दगीमा।


 

दिनको सुरुवात तिम्रो हाँसोसँग,

रातको समाप्ति तिम्रो मित्रतासँग।

जीवनमा हुन्छ बदलाव नातासँग,

तिम्रो साथी छ, हरहमेशा साथमा ।


 

शब्दहरू विनाको सानो मुस्कानमा,

तिम्रो साथी छ, हेरौँ रहेन जीवनमा।

सधैँ रहोस् साथ, हाम्रो यो मित्र,

तिमी र म हामी छाैँ 

सबै साथीकाे बन्धनमा ।