Written by: Prasiddhi Dangol - 28009, Grade VIII
Posted on: 11 March, 2024
हिँड्छु म केही उद्देश्यबिना,
यो पीडाबाट निस्कने केही बाटो,
तर के गर्नु,
हरेक ठाँउमा भरिएका छन् छ पीडा,
स्वर्ग कस्तो होला भन्ने लाग्थ्यो,
तर भेटाइनँ मैले कहिल्यै,
खोज्थेँ म केही, तर थाहा भएन
एउटा बाटो,
यस्तो बाटो जुनले मलाई खुसी बनाओस्,
जीवनको सुन्दरता देखाओस्,
तर कहिल्यै भेटिन मैले,
अरू अनुसार मेरो जीवन थियो एक कथा,
मानिसले कल्पना गरेझैँ,
तर मैले देखिन यसको आस्था,
सधैँ उठ, यो गर, त्यो गर,
कसैले सोधेन कि म के गर्न चाहन्थे,
सबै आ-आफनै स्वार्थले कुरा गर्थे,
आफूलाई फाइदा हुने बाटोतर्फ धकेल्थे,
तर एक चोटि पनि मलाई म के गर्ने सोधेनन्,
तर अब म बिझ्छु,
मानिस जत्तिकै असल हुन खोजे पनि,
कहीँ न कहीँ, कता न कता,
छ त्यो स्वार्थी,
यसकै बन्धनबाट नै मुक्त हुन,
खोत्दै छु म एक बाटो,
तर भेटाउँला कि न भेटाउँला,
त्योसँग मेरो केही सम्बन्ध छैन,
बस् म मुक्त हुन चाहन्छु।