Logo

Student Corner

 गुगल अनुवाद 

Written by: Bikarsha Ojha - 2022005, Grade X

Posted on: 20 September, 2020

गुगल अनुवाद एक आधुनिक बहुभाषी सफ्टवेयर हो।   गुगलद्वारा एक भाषादेखि  अर्को भाषामा प्रस्तुत गर्नलाई यो सफ्टवेयरले सहयोग गर्छ । यो फोन, कम्प्युटर जस्तै विभिन्न विद्युतीय उपकरणहरूमा गुगलद्वारा पाउन सकिन्छ । यसको सहयोगले मानिसले विविध भाषालाई आफूले बुझ्ने भाषामा अनुवाद गरी  धेरै कुरा थाह पाउन सक्छन्। साथै यसले हामीलाई बहुभाषी बन्नमा सहयोग गर्दछ । यो सफ्टवेयर अप्रिल २८ , सन २००८ मा सार्वजनिक भएको थियो । यसलाई सुरूमा "युनाइटेड नेशन" र "युरोपियन पार्लियामेन्ट" मा विभिन्न कागजातहरूको अङ्ग्रेजी भाषामा अनुवाद गर्नलाई बनाइएको थियो । तर सन् २०१० बाट विभिन्न  उपकरणहरूमा आएपछि मानिसहरूले यसको  प्रयोग गर्न सुरू  गरेका थिए ।

गुगल अनुवाद सफ्टवेयर हाल धेरै मानिसहरूको लागि निकै सहयोगी प्रमाणित भएको छ। गुगलले गरेको एक सर्वेक्षणअनुसार एक वर्षमा ५० करोड् [500 million] जति मानिसहरू गुगल अनुवादका  प्रयोगकर्ता छन् । सन्  २०१० मा गुगलले एउटा एन्ड्रोइड सफ्टवेयर र आइओएस संस्करण फेब्रुअरी सन् २०११ मा पेस  गर्यो । पोर्टेबल व्यक्तिगत दोभाषेको रूपमा सेवा प्रदान गर्नका लागि यसलाई सार्वजनिक गरिएको थियो। यो कोरोम  जस्ता ब्राउजरहरूमा एकीकृत भएको थियो र यो पूर्ण पाठ उच्चारण गर्न सक्षम थियो। गुगल अनुवाद केही वेब ब्राउजरहरूमा एक वैकल्पिक डाउनलोड गर्न योग्य विस्तारको रूपमा उपलब्ध छ। जसले अनुवाद इन्जिन चलाउन सक्छ र अनुवादमा  सहयोग गर्छ। 

गुगल अनुवाद बहुभाषी सफ्टवेयर भएको हुनाले यसका प्रयोगकर्ताहरू आगामी दिनमा झन् बढ्ने सम्भावना छ। अहिलेको सूचनाप्रविधिको समयमा यस्तो सफ्टवेयर सबैका लागि उपयोगी हुन्छ।  यसले मानिसका अनुवाद सम्बन्धी कार्यलाई आगामी दिनमा अझै सजिलो बनाउने कुरा निश्चित छ।