Logo

Student Corner

पदयात्रा

Written by: Ameen Shakya - 30059, Grade VI

Posted on: 11 March, 2024

हाम्राे डियरवाक सिफल स्कुलले माघ २६ गते कक्षा ५, ६, ७ र ८ मा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई पदयात्रामा लगेकाे थियाे । कक्षाअनुसार पदयात्रा गर्ने ठाउँहरू फरक फरक थिए । हाम्राे कक्षा ६ काे पदयात्राकाे गन्तव्य नगरकाेटदेखि तेलकाेटसम्मकाे थियाे । हामीलाई २६ गते बिहान ९ बजे नै विद्यालय आउन भनिएकाे थियाे । हामी बिहान ९:३० बजे खाना खान गयौँ । त्यसपछि १० बजे बसको प्रतीक्षामा बस्यौँ । हाम्रो बस धेरै ढिलो आयाे, लगभग २० वा ३० मिनेट ढिलो । म  बस नं ६ मा बसेँ ।  बसको यात्रा साँच्चै रमाइलो थियो । हामी ११ः४० मा नगरकोट आइपुग्यौँ । हामीले तेलकोटसम्मको डाउनहिल पदयात्रा सुरु गर्यौं । डाउनहिल करिब ६ किलोमिटरको पैदल यात्रा थियो । एउटा कालो कुकुरले लगभग सम्पूर्ण यात्रामा हामीलाई पछ्याइरहेको थियाे । यो सुन्दर पदयात्रा थियो । हामीले तल खेतबारी र माथि सुन्दर हिमालय, हरिया वनजङ्गल र पानीका धारा पनि देख्यौँ तर माैसम त्यति स्पष्ट थिएन त्यसैले हामीले एक वा दुईवटा हिमाल मात्र देख्यौँ । लामो पैदल यात्रापछि हामी अन्ततः टेलकोट पुग्यौँ तर मूल योजना तेलकोट पुगेपछि चांगुनारायण जाने थियो तर हाम्रो समय तालिका तेलकाटसम्म पुग्दा सकिएकाे र हाम्रा केही साथीहरू साँच्चै थकित भएकाले हामीले चांगुनारायणको पैदल यात्रा जारी राख्न सकेनौँ । तेलकाेटमै हामीले खाजा खायौँ । त्यसपछि तेलकाेटबाट २ः३० मा गाडी चढ्याैँ । दिउँसो ३ः३० मा हामी विद्यालय आइपुग्याैँ ।