Logo

Student Corner

मेरो कुकुर

Written by: Bibhuti Pathak - 34044, Grade II

Posted on: 11 March, 2024

मेरो घरमा एउटा सानो कुकुर छ। त्यसको नाम काले हो। मलाई काले निकै मन पर्छ। म र काले भकुन्डाे खेल्छौँ । राति काले निकै भुक्छ । काले र म घनिष्ठ साथी हाैँ । कालेले मासु निकै मन पराउँछ। कालेको सानो घर पनि छ। ऊ राति त्यसैमा सुत्छ। ऊसँग नयाँ नयाँ कपडा पनि छ । जाडो हुँदा ऊ त्यही कपडा लगाउँछ। मेरी आमाले कालेलाई नुहाइदिनुहुन्छ । काले नुहाउँदा खुसी हुन्छ। कालेलाई म तिहारमा टीका लगाइदिएर पूजा गर्छु । कालेले हाम्रो घरको रेखदेख गर्छ।