Logo

Student Corner

वातावरण प्रदूषण समस्या र समाधान

Written by: Isha Shrestha - 25064, Grade XI

Posted on: 07 March, 2024

वातावरणमा देखिने असन्तुलन अथवा वातावरणको वरपर सफा नहुनु र प्राकृतिक अवस्था अथवा सौन्दर्यतामा नकारात्मक प्रभाव हुनु भनेकै वातावरण प्रदूषण हो । पृथ्वीमा रहेको जीव, जनावर, वनस्पति, हावा, पनि, माटो आदि सबै जैविक तथा अजैविक वस्तुहरूको सामुहिक सम्मेलन अथवा उपस्थिति नै वातावरण हो । वातावरण मानिस जीवनको लागि नभई नहुने कारणले र यसको अनुपस्थितिमा  मानव जीवन नै नरहने हुनाले मानिसहरू वातावरणसँग घुलमिल हुन जरुरी छ । वातावरण सन्तुलनकै लागि भनेर नेपाल लगायत विश्वका सबै मुलुकहरूले सन् १९७६ देखि नियमित रुपमा वातावरण दिवसलाई चाडपर्वझैँ मनाउदै आइरहेका छन् । 

वर्तमान समयमा पृथ्वीमा रहेको केही वनस्पतिसँगसँगै जीवजन्तु पनि लोप भएको र धेरै जसो लोप हुने अवस्थासम्म पुग्ने कारण वातावरण प्रदूषण हुँदै गइरहेको छ । मानव सजीव प्राणी भएकाले उसलाई वातावरणको एकदमै महत्त्व हुन्छ । महँत्व थाहा हुम्दा हुँदै पनि उसले वातावरणलाई भिन्न क्रियाकलापबाट दुरुपयोग गरेर प्रदूषण गरेकै हुन्छ । पछिल्लो तथ्याङ्कमा हेर्ने हो भने जनसङ्ख्या र प्रकृति माथिको दुर्व्यवहारले विश्वमा लाखौँ हेक्टरभन्दा बढी वन क्षेत्र गरिसकेको छ । उक्त कारणले प्राकृतिक स्रोतहरू अनियन्त्रित रुपमा खपत भएर वातावरणीय सन्तुलन बिगारी रहेको छ । समयमै वातावरण प्रदूषण रोक्न अनि वातावरण संरक्षण गर्न नसके हामी र हाम्रा आउने पुस्तालाई रोगी कोठामा जन्म दिने बाध्य हुने छौँ । 

वातावरण प्रदूषणले हामीलाई दैनिक जीवन चलाउन झनै गारो परिरहेको छ । वातावरण प्रदूषणमै पर्ने वायु प्रदूषण, जल प्रदूषण, माटो प्रदूषणले हामीलाई दम, फोक्सो क्यान्सर, हृदयघात जस्ता टन्नै ज्यान लिने रोगहरू निम्त्याउछन् । जून ५ लाई मात्र वातावरणको महत्त्वको बारे सचेतना दिने अनि जागरुक बनाउने दिनका रुपमा मनाउने परिपार्टीको विकास गरिएमा हामी हरेक दिन विभिन्न रोगको चपेटामा आइरहेका छौँ । हामीले हरेक दिनलाई जून ५ बनाउन प्रयत्न गर्याैँ भने हामी हरेक दिन स्वच्छ जीवन बच्न सक्छौँ । 

वातावरण प्रदूषणको प्रमुख कारणहरू धेरै छन् । अव्यवस्थित औद्याैगिक विकास, जथाभावी उत्खनन गर्नु, वैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्नु, जथाभावी फोहोर गर्नु, प्लास्टिकको धेरै मात्रामा प्रयोग गर्नु, पुराना सवारी साधन प्रयोग गर्नु, वन जङ्गलको विनास गर्नु र वातावरण शिक्षाको कमी तथा जनचेतनामा कमी हुनु रहेका छन् । उक्त कुराहरूले गर्दा नै दिनहु वातावरण जीव जन्तुहरूको लागि  हानिकारक हुँदै छ । हामीले वातावरण प्रदूषण जस्ता जटिल समस्याको समाधान गर्न धेरै कार्यहरू गर्नु पर्ने हुन्छ । प्रदूषणको हरेक क्रियाकलाप मानिससँग जाेडिएका हुनाले जनचेतनाकै अभिवृद्धिबाट नै संरक्षण गर्न सकिन्छ ।

हामीले वृक्षरोपन गरेर  पनि वातावरण प्रदूषण हुनबाट केही हदसम्म रोक्न सक्छौँ । हामी आम नागरिकहरूले नै आआफ्नो घर दैलोबाटै प्लास्टिकको प्रयोग गर्न छोड्नु पर्छ । हामीले सक्दो ३ आर भन्ने नियम प्रयोग गनु पर्छ । हामीले आफ्नो घर घरमा सक्दो प्लास्टिकको प्रयोग थोरै गर्नु पर्दछ । प्लास्टिकको सट्टा फाइबरको झोलाहरू प्रयोगमा ल्यायो भने वातावरण प्रदूषण घट्नेछ र केही हदसम्म हामी आफैलाई सहज हुने छ। फोहोरहरूको वर्गीकरण गर्नु र आफूलाई काम लाग्ने फोहोर जस्तै आलुको बोक्रा,अन्डाका बोक्राहरूलाई घरको बारीहरूमा प्रयोग गर्न सिक्याैँ भने हाम्राे वातावरण हतपती फोहोर हुँदैन । हामीले सबैभन्दा साधारण र सजिलो कुरा फोहोरलाई जथाभावी फाल्न नहुने कुरा सिक्याैँ भने वातावरण प्रदूषण धेरै कम हुन्छ ।

हामीले मात्र नभई सरकारले नै फोहोरहरू वर्गीकरण गरेर मात्र फोहोरको गाडीमा हाल्नु र्ने नियम बनाएमा सहज रुपमा उक्त समस्या समाधान हुन्थ्यो । त्यतिमात्र नभएर उद्याेग कारखानाहरूबाट आएका रासायनिक फोहोरहरू पनि जथाभावी नदीनालामा मिसाउन नदिने र मिसाएमा कारवाही सँगसँगै जरिमाना दिनुपर्ने जस्ता नियम सरकारले बनाए त झनै वातावरण सफा हुन्थ्यो । सरकारले सेफ्टि ट्याङ्कीको फोहोर पनि खोलामा मिसाउन नदिए बागमती जस्तो सफा खोला फोहोर नै हुँदैनथ्याे ।  

त्यसैले पनि सक्दो सफा गरौँ । नसके फोहोर नगरौँ ।