Logo

Student Corner

मेराे चन्द्रागिरीकाे यात्रा

Written by: Manavi Regmi - 27007, Grade IX

Posted on: 07 March, 2024

नेपाल अनेकाैँ सम्पदाले भरिएकाे सुन्दर प्रकृति भएकाे देश हाे । यहाँ यस्ता अनगिन्ती प्रकृतिहरू छन् जसले मानव मनलाई तानिरहन्छ । यहाँ विविध यात्रा र पदयात्राकाे पनि उत्तिकै सम्भावना छ । म नेपालका यस्ता केही रमणीय ठाउँहरूमा पुगेकी छु । पाेखरा, मुस्ताङ काठमाडाैँ उपत्यकाकाे चन्द्रागिरी लगायतका केही ठाउँहरू ।

यसपटककाे जाडाे बिदामा भने म परिवारका साथ चन्द्रागिरी हिल्स पुग्याैँ । त्याे दिन शुक्रवारकाे दिन थियाे । बिहान म ७ बजे उठेँ त्यसपछि मैले आफ्नाे नित्यकर्म सकेँ । बिहान १०ः ३० बजेतिर हामी चन्द्रागिरीतर्फ लाग्याैँ । जाम भएकाले त्यहाँ पुग्न हामीलाई केही समय बढी लाग्याे । टिकट लिएपछि हामी भित्र गयाैँ । त्यस दिन धेरै मानिसकाे भिड थिएन । केही समयपछि हाम्राे पालाे आयाे । हामी केबलकारमा बस्याैँ । हामीसँगै साेही केबलकारमा अर्काे एक परिवार पनि हुनुहुन्थ्याे । बिस्तारै केबलकार माथितिर तारमा हिँड्न थाल्याे ।  केबलकारकाे यात्रा साँच्चै रमाइलाे थियाे । तल हेर्दा काठमाडाैँ उपत्यका देखिने । यसले मेराे मन लाेभ्यायाे ।

चन्द्रागिरी डाँडामा एउटा मन्दिर रहेछ । त्यसकाे नजिकै पृथ्वीनारायण शाहकाे सालिक रहेछ । खाने चिजहरू पनि प्रशस्त पाइने रहेछन् । हामीले त्यहाँबाट  हिमाल पनि देख्याैँ । त्यहाँ बालबालिकाहरूका लागि थुप्रै खेल सामग्रीहरू पनि राखिएका थिए । खेल खेल्ने पार्क पनि थियाे । म र मम्मी भएर एउटा लामाे पिङ चढ्याैँ । त्याे पिङ चढ्दा धेरै डर लागेकाे थियाे । केही समय खलेपछि मैले एउटा कटन क्यान्डी पनि खाएँ । यति गर्दासम्म समय बितेकाे पत्तै भएन । यतिन्जेल पाँच बज्न थालेछ । ढिला हुन थाल्याे भनेर हामी घर फर्क्याैँ । 

केबलकारबाट तल झर्न हामीलाई पाँच, छ मिनेट जति लाग्याे । त्यहाँबाट निक्लिएपछि घर आउनका लागि हामीले गाडी खाेज्याैँ । कलङ्की आउने गाडीमा चढेर हामी भाटभटेनी झर्याैँ । घरमा चाहिने समानहरू पनि किन्याैँ । केही समयपछि हामी घर जानका लागि गाडी चढ्याैँ र  बेलुका ६ः३० बजेतिर घरमा पुग्याैँ । थाकेका हुनाले खाना खाएर छिट्टै सुत्याैँ