Logo

Student Corner

शिशिर ऋतु

Written by: Shreevaani Dhungel - 29044, Grade VII

Posted on: 07 March, 2024

सेतो र चिसो हिउँ,

 हावाको ताजापन

 हिमालको सुन्दर दृश्य

 र आकाशमा झरेको हिउँ ।

साथमा आगो  बालिएको । 

ताराहरूले आकाश चम्किएको  ।।

आमाको कथाकथन ।

शिशिरमा ओढ्‌ने सिरक ।

पोलेको आलु खाँदाको बखान

 चियाको मिठोपन।


 

सबै शिशिर ऋतुबाट। 

मिल्ने कुरा न  हुन् ।

शिशिर ऋतुको शीतलता 

झरेका पातहरूको उराठ दृश्य

याद राख्छु म एक एक पृष्ठ 

हावामा भएको ताजापना 

सबै शिशिर ऋतुले दिएको माया 

वसन्त ऋतुलाइ आहार दिने 

सम्बन्ध ताेडिदिने प्रकृतिकाे

सम्बन्ध जाेडिदिने सृष्टिकाे ।