Logo

Student Corner

बालापन एक सफलताकाे ढाेका

Written by: Prasiddhi Dangol - 2027017, Grade V

Posted on: 20 September, 2020

बालापन एउटा यस्तो सयय हाे, जुन समयमा हामीलाई एउटा मात्रै काम हुन्छ । त्यो काम हो पढ्ने लेख्ने ।  यदि हामीले यो उमेरदेखि नै मेहेनत र परिश्रम गर्छौं भने हाम्रो भविष्य उज्ज्वल र सफल हुन्छ तर हामीले यो उमेरदेखि नै मेहेनत र परिश्रम गर्दैनौँ भने हाम्रो भविष्य उज्ज्वल र सफल हुँदैन ।  तपाईं हामी सबैलाई यो कुरा थाहा नै छ कि, सफलताको द्वार तब मात्र खुल्छ, जब हामी मेहेनत गर्छौं  । त्यसैले हामीले काम गर्दा निरन्तररूपमा परिश्रम र मेहेनत लगाउनुपर्छ । सफल हुन हामीले परिश्रम मात्रै गर्ने हैन । यसका लागि हामीले राम्रो बानी बेहोरा पनि बनाउनुपर्छ । हामीले गर्न सक्ने धेरै राम्रा बानीव्यहोराहरू छन् जस्तै आफूभन्दा ठुलाको आदर गर्ने भनेका कुरा मान्ने हो । आफूभन्दा  सानोलाई माया गर्ने, सक्ने काममा परिवारलाई सहयाेग गर्ने, समयकाे महत्त्वलाई सम्मान गर्नेजस्ता असल बानीव्यहोराकाे विकास गर्नुपर्छ । सफलता पाउन अर्को एउटा कुराकाे पनि आवश्यकता पर्छ, त्याे हाे स्वस्थ शरीर । त्यसका लागि हामीले खानपान, आहारविहारमा निकै नै ध्यान दिन जरूरी हुन्छ ।  कुनै पनि काम गर्दा, त्यसलाई निरन्तररूपमा गर्नुपर्छ । त्यसलाई बिचमा नै छाेड्नुहँदैन । कुनै काम गर्न बुद्धिको पनि आवश्यकता पर्छ । कार्य गर्दा धीरताकाे ठुलाे भूमिका हुन्छ । भाेलि त बिदा छ, म याे काम भाेलि नै गर्छु वा आजकाे कामलाई भाेलिका लागि साच्नु कत्ति पनि राम्राे कुरा हाेइन । आजकाे कामलाई आजै पूरा गर्नु नै समयकाे सदुपयाेग गर्नु हाे । समयकाे सदुपयाेग गर्नु   भनेकै भविष्य उज्ज्वल हुनु हाे ।