Logo

Student Corner

मेरो हजुरबुबा

Written by: Aarfa Shakya - 34003, Grade II

Posted on: 06 March, 2024

मेरो घरको सबैभन्दा जेठो हजुरबुबा हुनुहुन्छ। मेरो हजुरबुबाको नाम सानुराज शाक्य हो। मेरो हजुरबुबा अहिले एकहत्तर वर्षको हुनुभयाे । उहाँ स्वस्थ हुनुहुन्छ। उहाँ बिहान उठेर सबेरै हिँड्नुहुन्छ । उहाँ आफैँ चिया बनाएर खानुहुन्छ। मेरो हजुरबुबालाई फूल रोप्न मन पर्छ। त्यसैले उहाँले धेरै फूलहरू रोप्नुभएको छ। मेरो हजुरबुबालाई चकलेट मन पर्छ। उहाँले मलाई पनि चकलेट किनिदिनुहुन्छ अनि हामीसँगै खान्छौँ। मेरो हजुरबुबाले मलाई माया गर्नुहुन्छ। म पनि हजुरबुबालाई असाध्यै माया र सम्मान गर्छु।