Logo

Student Corner

उमेर त परै गएछ

Written by: Amu Shakya - 27021, Grade IX

Posted on: 05 March, 2024

म अहिले कल्पना गर्छु

मात्र मस्तिष्कमा आउँछ

खै मेरा कस्ता पलहरू

मात्र मस्तिष्कमा आउँछन् 

ती दुःखदायी पल ।


 

अहिले सम्झिँदा लाग्छ 

त्याे समय सुखानुभूतिकाे 

अभाव र आपूर्तिकाे कमी थियाे ।

लाग्थ्याे,अरूले मेराे बारेमा गरिरहेका 


 

अनेक लाञ्छना

म आफैँ बुझ्दिनँ के उमेर थियाे त्याे ?

कस्ताे उमेर थियाे त्याे ?

'संवेदनशील उमेर' भनी आफैँले परिभाषित गरेँ 

त्याे उमेरलाई न्याय दिनका निम्ति ।


 

 वर्तमान उमेरकाे बारेमा नि साेच्छु

 याे पनि त किशार उमेर नै हाे

 म परिपक्व नभएकाे उमेर

 अहिलेकाे उमेर केही हदसम्म

 सीमित रूपमा परिपक्व भएकाे उमेर ।


 

कुनै पनि कुराकाे नयाँ अनुभूति गर्दा

 मानिस हड्बडाउँछ, डराउँछ 

पछि अनुभवले भन्छ

 सिकाउनु पर्दैन आफैँ सिक्दछ ।


 

अनुभव र उमेरमा धेरै भिन्नता रहेछ । 

त्यसलाई नकार्न नसकिने रहेछ ।

सानै देख्दादेख्दै आफैँलाई 

उमेर त परै गएछ ।