Logo

Student Corner

मेराे देश नेपाल

Written by: Revati Maharjan - 31051, Grade V

Posted on: 05 March, 2024

मेरो देश नेपाल हो। नेपाल एशियामा पर्छ । नेपाल त्यो देश जुन समुद्रसँग जाेडिएको छैन । नेपाल प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदामा धनी छ । हाम्राे देश हिमाल। पहाड र तराई  मिलेर बनेकाे छ । नेपालमा धेरै नदीनालाहरू, ताल , पाेखरी , झरना र वनजङ्गलहरू छन् । नेपालमा गौतम बुद्ध जन्मेका थिए । नेपालमा सर्वाेच्च शिखर सगरमाथा छ । नेपालमा धेरै जात‌जातिहरू छन् । जस्तैःब्राह्मण,क्षेत्री,  नेवार, तामाङ, गुरुङ, मगर, शेर्पा आदि । नेपालको राष्ट्रिय जनावर गाई हो । नेपालको राष्ट्रिय चरा डाँफे हो । नेपालको राष्ट्रिय फूल लालीगुराँस हो । नेपालको राष्ट्रिय हतियार खुकुरी हो । नेपालमा धेरै भाषा, भेषभूषा, धर्म, चाडपर्व छन्। नेपालमा विदेशीहरू घुम्न आउने गर्दछन् । नेपालमा धेरै घुम्ने ठाँउहरु छन् जस्तै: पोखरा, लुम्बिनी, काठमाडाैँ,भक्तपुर, ललितपुर आदि । नेपाल प्राकृतिक रूपमा निकै नै सुन्दर छ।  नेपालमा जन्मन पाउँदा मलाई गर्व लागेकाे छ ।। नेपालजस्तो अर्को देश खोजेर पनि  भेटिन्न ।