Logo

Student Corner

नेपालका चाडपर्वहरू

Written by: Ashra Shrestha - 30055, Grade VI

Posted on: 04 March, 2024

नेपाल एउटा सुन्दर र रमणीय देश हो । यहाँ फरक फरक भाषा , धर्म र संस्कृति पाइन्छ धेरै चाडपर्वहरू मनाइन्छ । जस्तैः दसैँ, तिहार, छठ, हाेली, तिज, इद, क्रिसमस आदि । तीमध्ये दसैँ सबैभन्दा ठुलाे चाड हाे । दसैँमा हामी निधारमा रातो टीका र कानमा जमरा लगाउँछौँ । दसैँ १५ दिनसम्म मनाइन्छ । दसैँमा हामी पिङ खेल्छाैँ । आफन्तसँग भेटेर  रमाइलो गछौँ । हाम्रो दोस्रो ठुलो पर्व तिहार हो । तिहार ५  दिनसम्म मनाइन्छ । पहिलो दिनलाई कुकुर तिहार भनिन्छ । यो दिन कुकुरकलाई पूजा गरिन्छ । दोस्रो दिनलाई काग तिहार भनिन्छ । यो दिन कागलाई पूजा गरिन्छ  र मिठाे मिठाे खाना खान दिइन्छ । तेस्रो दिन गाई तिहार पर्दछ । यो दिन चाहिँ गाईलाई पूजा गरिन्छ । यो दिन लक्ष्मी भगवानकाे  पूजा गरिन्छ । हामी सफा र राम्रो लुगा लगाएर घर घरमा भैलाे खेल्न जान्छाैँ । त्यसपछि अर्को दिन हामी भाइ टीका मनाउँछौँ । यो दिनभाइलाई पूजा गर्छाैँ र  हाम्रा भाइ दाइ सुरक्षित होउन् भन्ने कामना गर्छाैँ । तिज दिदीबहिनीहरूकाे महान् पर्व हाे । यस दिन उनीहरू नाचगान गर्छन्, शिव भगवानकाे वर्त बस्छन् । छठमा सूर्य भगवानकाे पूजा गरिन्छ  । हामी सबै चाडपर्वमा धेरै रमाइलो गर्छाैँ ।