Logo

Student Corner

आमा

Written by: Hariom Dahal - 32008, Grade IV

Posted on: 04 March, 2024

जन्मिँदा भनियो आमा 

दुःख मैले कत्ति दिए

बालखै थिए आमा

तिम्रो दुध मिठो पिएँ

दिन रात तिमीलाई

दुःख मैले कत्ति दिए

बढायौ सुखले आमा

विद्या बुद्धि कत्ति दियाै

मलाई सुख होस् भन्ने

ध्यान मेरो सधैँ लियौ

साटोमा यसको मैले

गरौँ के भन लौ तिमी

सेवा गर्छु सधैँ भन्छु

ए आमा ! धन्य हौ तिमी ॥