Logo

Student Corner

वन

Written by: Rihan Bogati - 34035, Grade II

Posted on: 04 March, 2024

वन प्राकृतिक सौन्दर्यको स्रोत हो। वनहरूले हाम्रो जीवनमा धेरै योगदान दिएका छन्। अधिकांश पहाड हरिया वनले ढाकेका छन् । यो जनावर र चराहरू बस्ने ठाउँ हो। आजकल यो द्रुतरूपमा नष्ट भइरहेको छ। यसको विनाशको सबैभन्दा मुख्य कारण जनसङ्ख्या वृद्धि हो। वनविनाशले धेरै विपत्तिहरूलाई निम्तो दिन्छ । तीमध्ये केही खडेरी, पहिराे र मौसम प्रदूषण हुन्। प्राकृतिक प्रकोपहरू जीवित प्राणीहरूका लागि विनाशकारी छन् । यसलाई समयमा नियन्त्रण गर्न सकेन भने भविष्य जोखिमपूर्ण हुनेछ।