Logo

Student Corner

मेरा केही यात्राहरू

Written by: Aashiya Shrestha - 27030, Grade IX

Posted on: 01 March, 2024

नेपाल भनेको संसारकाे एउटा सानाे स्वर्गकाे टुक्रा हाे । यहाँकाे प्राकृतिक सुदरता कमी भने केही छैन । म अहिले नेपालमा नै बसे तापनि यहाँको सबै सुन्दरता देख्न र अनुभव गर्न पाएकी छैन । यहाँको सबै ठाउँ घुम्दाघुम्दै त जीवन पनि काट्न सकिन्छ ।  सबै ठाउँ घुम्न नपाए पनि केही ठाउँहरू भने घुम्न पाएकी छु । ती ठाउँहरू घुम्दा मलाई नेपालको सुन्दरताबारे गर्व गर्न मन लाग्छ ।

मैले आफैँ पनि धेरै ठाउँहरू अन्वेषण गरेको छैन । तर त्यहाँ केही ठाउँहरू छन् जुन मैले अन्वेषण गर्ने अवसर पाएकी छु । ती ठाउँहरू हुन्:- पोखरा, चितवन, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, पाटन, धनकुटा, धरान, चितवन आदि। यी सबै ठाउँहरू घुम्न लायक छन् । जबसम्म हामी आफैँ गएर यी ठाउँहरू घुम्दैनौँ, तबसम्म हामीले यी ठाउँहरूको सुन्दरत को महत्त्व बुझ्न सक्दैनौँ । यीमध्ये अझै धेरै अरू सुन्दर ठाउँहरूले नेपाल भरेको छ जुन चाहिँ हामी घुम्न जान सक्छौँ । 

यी सबै ठाउँहरूमध्ये, मलाई मनपर्ने केही ठाउँहरू हुन् धनकुटा र पोखरा । मलाई यी ठाउँहरूको यात्रा गर्न एकदमै रमाइलो लfग्छ । धनकुटा घुम्नको लागि एक राम्रो ठाउँ हो । म सहरमा बस्ने बानि भएर पनि होला, केटाकेटीहरूलाई गाडी र बाइकको वास्ता नगरी सडकमा खेलिरहेको देख्दा मात्र पनि मलाई धेरै खुसी लाग्छ । मानिसहरूसँगै बसेर सडकको छेउँछाउँमा गफ गर्ने, बालबालिकाहरू खेलिरहेकाे, हेर्न रमाइलो लाग्छ । त्यहाँको त बाटोको वरिपरि पनि फूलहरूले भरिएको हुन्छ । धनकुटा सहरका प्रत्येक गाउँठाउँहरू घुम्न पनि रमाइलो हुन्छ । धनकुटामा लहरै बाटोमा भएका घरहरूको रङ पनि एउटै हुन्छ जसले चाहिँ त्यो ठुलै शाेभा दिछ । धनकुटा त हरियाली नै हरियालीले भरेको छ । लाग्छ कि त्यहाँका सबै मानिसहरूले एकअर्कालाई चिन्छन् । सबै जना सबै जनासँग मिलेर बस्छन् र सुख र दुःख एकअर्कासँग बाँड्छन् । 

मलाई घुम्न मन लाग्ने अर्को ठाउँ भनेको पोखरा हो । हुनसक्छ कि, मैले त्यहाँ बनाएका सम्झनाहरूको कारणले गर्दा होला। यदि मलाई ती पलहरू पुन: जिउन पाएको भए, म खुसीसाथ जिउँथे होला । मैले यो सहरमा बनाएका सम्झनाहरूले मलाई जीवनभर पछ्याउने छ भनेर म ढुक्क छु । तपाईंले यो ठाउँ जतिसुकै घुमे तापनि यो पर्याप्त हुँदैन । यो विशेष गरी रातितिर यात्रा गर्न रमाइलो हुन्छ, किनकि त्यस समयमा सहर अधिक जीवित देखिन्छ । बत्तीले भरिएको झकिझकाऊ सडक, जताततै हाेहल्लामा रमाइलाे, मानिसहरू बोल्दै हिँडेकाे रमाइलो सम्झनलायक दृश्य हो । खानाका परिकारका थरी थरी पसलहरू जहाँ चाहिँ, माछा, झिङ्गे माछा, क्र्याब, आदि बेचिरहेका हुन्छन् । पोखरा भनेको पर्यटकहरू घुम्नको लागि सबैभन्दा राम्रो ठाउँ हो । त्यहाँको दृश्यलाई त केहीले पनि सक्दैन। म र मेरो दिदी त राति राति त्यहाँको सडकमा त्यो दृश्यलाई आफ्ना आँखाहरूले कब्जा गर्दै हिँड्थ्याैँ । फेरि त्यो समयमा फर्कन पाए हुन्थ्यो जस्तो पनि लाग्छ कहिलेकाहीँ त । 

चितवन पनि रमाइलो नै थियो । मलाई सबैभन्दा मन पर्ने ठाउँ नभए तापनि त्यहाँ बिताएको समय धेरै रमाइलो थियो । त्यहाँ हरियाली नै हरियालीले भरिएको छ । यहाँ सहरकोभन्दा त धेरै छुट्टै खालको दृश्य छ । हावा पनि आनन्द खालको लाग्ने । चितवनमा धेरै बाक्लाे जङ्गल र विभिन्न जङ्गली जनावहरू । आफ्नो परिवारसँग त्यहाँ घुम्न धेरै रमाइलो हुन्छ । म आफ्नाे परिवारका साथ घुमेकी छु । जहाँ मैले स्वर्गकाे अनुभव गरेकी छु ।