Logo

Student Corner

आमा

Written by: Ritvik Singh Bhandari - 31039, Grade V

Posted on: 01 March, 2024

आमा तिमीले मलाई संसारमा ल्यायाै

तिमीले मलाई हिँड्न सिकायाै

तिमीले मलाई बाेल्न र पढ्न सिकायाै

भाषा, संस्कार र सभ्यता सिकायाै


 

आमा तिमी हाै दयाकी खानी

तिमी नै हाै मेराे संसारकी रानी

तिमी नै हाै हामी सबैकी ममताकी खानी

संसारमा काेही छैन तिमीभन्दा राम्री


 

मलाई गर्छ्याै सधैँ तिमीले मुटुभरिकाे माया

म पनि गर्छु आमा तिमीलाई जीवनभरि माया

तिमी भए मलाई केहीकाे डर लाग्दैन

तिमी भएनाै भने घर पनि घरजस्ताे लाग्दैन


 

आफू भाेकै बसेर मलाई खुवाउँछ्याै

मलाई केही हुँदा दुःखी हुँदै रुन्छ्याै

आमा तिमी  दया र मायाकी खानी

तिमी नै हाै मेराे संसारकी रानी