Logo

Student Corner

छावाको प्रयास

Written by: Aaryan Regmi - 30037, Grade VI

Posted on: 29 February, 2024

 एकादेश एउटा हात्तीको सानो छावा थियो । ऊ सारै बद‌मास र चकचकै थियो । धेरै चकचक गरेको कारणले एक दिन माउतेले त्यसका खुट्टामा साङ्‌लाले बाँधेर अल्झाइदिनुभयो । त्यो हावाले खुट्टामा बाँधेकाे साङ्‌लाे चुडाउन  बल गरिरह्याे  तर  साङ्‌लाे चुडाउन सकेन । उसले दिन रात  साङ्‌लाे चुडाउन प्रयास ग-यो तर असफल नै भइराख्यो । उसले प्रयास गर्दा उसको  खु‌ट्टामा घाउँ भयाे तर पनि साङ्‌लो चुडाउन सकेन । छावा बढ्‌दै गयाे, साङ्‌लो  चुडाउन खोज्यो तर जति बल लगाएपनि चुडाउन सकेन । पछि छावाले सबै आशा मारेर प्रयास गर्नै छोडिदियो । अर्को दिन छावा सुतिरहेको वेला माहुतेले सानो डोरीले छावाको खुट्‌टालाई खम्बामा बाँधे जस्तो गर्याे तर छावाले साङ्‌लो नै होला भनेर चुडाउने प्रयासनै गरेन त्यसैमा अल्झिराख्यो । जीवनमा कहिल्यै हार खानुहुँदैन छावाले झैँ हिम्मत हार्नुहुँदैन ।