Logo

Student Corner

मेरो देश

Written by: Prapya Mishra - 32049, Grade IV

Posted on: 29 February, 2024

 म जन्मिएको नेपाल मेरो देश

 चार जात छत्तिस वर्णको फरक भाषा भेष

 पूर्व मेचीदेखि पश्चिम महाकाली

 फरक धर्मका मानिस मिलेर बसेका नेपाली

बाढीले तराई डुब्दा पहाडलाई छुन्छ

पहाडमा भूकम्पले भत्काउदा हिमाल रुन्छ

वीर सन्तान हामी संसारमा शक्तिशाली

कसैसँग नझुक्ने स्वाभिमानी नेपाली 

एक दिन हामी देशलाई विकासको बाटो हिँडाउँनेछौँ

शान्ति र समृद्ध नेपाल संसारमा चिनाउँनेछौँ॥