Logo

Student Corner

हावा

Written by: Jyotsana Tako - 29041, Grade VII

Posted on: 28 February, 2024

बाटोमा माटोको धुलो फैलिएका छन् त्यतिकै
जताततै गए पनि थाहा हुन्न जता कतै

पछिपछि आए पनि देख्न पनि सकिँदैन ।

बाँच्ने आशमा लिने हावा ढुक्क लिन सकिँदैन ।

शीतलताकाे अनुभूति हावाले नै दिन्छ कहिले
आनन्दको मौसमकाे साथ पनि  मिल्छ कहिले ।

फूलहरू हावाले नै छमछम नचाउँछ 
पुतलीकाे नाचलाई पनि हावाले नै बचाउँछ ।

सुख, खुसी अनि प्राण हावाले नै भरिदिन्छ 
हाम्रा खराब कार्यले नै हावा दुषित पारिदिन्छ ।

जङ्गलका रूखहरू यसकै  तालमा नाचिदिन्छन् 
शीतलतकाे राैनकमा चट्ट कम्मर  भाँचिदिन्छन्  

बाँच्न अनि बँचाउन  सबैलाई चाहिने हावा

सबै मिली सफा राखाैँ हाम्राे प्राण नै हाे हावा ।