Logo

Student Corner

किशाेरावस्थाका मेरा अनुभूति

Written by: Amu Shakya - 27021, Grade IX

Posted on: 26 February, 2024

जब म सानाे थिएँ 

परिपक्व थिइनँ केही बुझेकाे थिइनँ

 न त आलाेचना गर्ने स्पर्श थियाे

 न समालाेचना नै ।


 

जब म ठूलाे हुँदै गए,

 शारीरिक र मानसिक रूपमासमेत

 म ठूलाे भएँ ।

सबै कुरा राम्रै चलिरहेकाे थियाे 

तर 

आक्षेप उमेरकाे हाे या म स्वतःकाे

 साेचमग्न बनाउने भावनाहरू
मेरा सपनामा नृत्यमग्न छन् ।

आलस्यपनकाे भाव 

एकान्तमा बस्ने रहर ।


 

 कुनै पल राम्राे थियाे

 कुनै नराम्राे

 कुनै निकै रमणीय थियाे

 कुनै निकै दुःखदायी ।

कृत्रिम आकाशवाणीकाे अनुभूति

 कृत्रिम स्त्रीमा मप्रतिकाे प्रेम


 

 यतिमा मात्र सीमित नभई

 प्रवृत्तिमा पनि आए थुप्रै परिवर्तनहरू

 ममा रिसाहा व्यवहारकाे उदय भयाे,

 जीवन एक बाेझकाे अनुभूति भयाे

 बाँच्नकाे निमित्त निराशा पलायाे ।