Written by: Khushi Rani Dahal - 35011, Grade I
Posted on: 26 February, 2024
मलाई मन पर्ने चाड दसैँ हो । दसैँ नेपालीहरूको महान पर्व हो । दसैँ असोज वा कात्तिक महिनामा पर्दछ । दसैँमा हामी टीका र जमरा लगाउँछौँ । दसैँमा हामी नयाँ लुगा लगाएर आफूभन्दा ठुलाबडाका हातबाट टीका लगाएर आशीर्वाद लिन्छौँ । दसैँमा हामी पिङ खेल्छौँ र चङ्गा पनि उडाउँछाैँ । यसरी दसैँमा हामी धेरै रमाइलो गर्छौँ ।