Written by: Nishant Adhikari - 24051, Grade XII
Posted on: 23 February, 2024
समयसँगै उदायो जिन्दगी
समयसितै चल्दै यो जिन्दगी
बारम्बार ठक्कर खाँदै
कहाँ पो जाला यो जिन्दगी ।
कहिले अथाह खुसी दिन्छ
कहिले चोट गनी ठानी
कहिले यही स्वर्ग बनाइदिन्छ
कहिले लुकाइदिन्छ कसैलाई नभनी ।
जिन्दगी भर नहुँदा
आशा नगन्य हुने
मोड मोडमा परिवर्तित
जिन्दगी जिन्दगी नै नरहने ।
कति झट्का सहन्छ ए जिन्दगी
पिपलको बोट झैँ तापिन्छ जिन्दगी
अनन्त खुसी अनि पीडाको बोध गर्दै
गायब भइदिन्छ्न यो जिन्दगी ।