Logo

Student Corner

नेपालको सुन्दरता

Written by: Tanishq Shakya - 28011, Grade VIII

Posted on: 23 February, 2024

नेपाल एक  सुन्दर देश हिमालले घेरेको

बिहानी पर्छ सूर्यको यहाँ किरण सुनौलो।। 


 

बाहिर हेरौँ बिहानीपख मिरमिरे घामलाई

फूलको बगान र खेतको त्यो सुन्दर दृश्यलाई ।। 


 

नाच्दछन् यहा मयूर पनि पहाडको कोखमा

उड्दछन् डाँफे शान फैलाई त्यो खुला आकाशमा।। 


 

खेतीपाती गर्दछन् किसान तराईको फाटमा

मिहिनेतको पसिना बगाउँछन् यही माटोमा।। 


 

लालीगुराँस फुलेर बन्छ पहाड रङ्गिन

पौडिन्छन् माछा नदीनालामा बगेर सलल।। 


 

बालबालिकाको खेल र हाँसो कानमा गुन्जन्छ्न् 

मौरी भँमरा फूलको त्यस बगानमा डुल्दछ्न्।। 


 

चराहरूको चिरबिर मिठाे  मधुरो भएकाे

प्रकृतिकाे सुन्दरताले नेपाल रहेकाे ।