Logo

Student Corner

सहिद दिवस

Written by: Akshita Bhattarai - 32039, Grade IV

Posted on: 23 February, 2024

कुनै पनि देशमा अन्याय, अत्याचार र कुशासनको विरुद्धमा सङ्घर्ष गर्दागर्दै मारिने व्यक्तिलाई सहिद भनिन्छ । यस्ता सहिदहरूको सम्झनामा उनीहरूको बलिदानको कदर गर्दै मनाइने उत्सवको दिनलाई सहिद दिवस भनिन्छ । नेपालमा पनि यस्ता व्यक्तिहरूको सम्झनामा सहिद सप्ताह र सप्ताहको अन्तिम दिन विशेष दिनको रूपमा सहिद दिवस मनाइन्छ । पहिला पहिला राणाशासनको विरोधमा मारिएका चारजना सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठको बलिदानको सम्मान स्वरूप हरेक सालको माघ १६ गतेलाई सहित दिवसको रूपमा मनाइने चलन सुरु भएको हो । यस दिनमा काठमाडौँको टुँडिखेलमा बनाइएको सहिद गेटमा स्थापना गरिएका चार सहिदहरूको प्रतिमामा मानिसहरू गएर माला लगाइदिन्छन् । आजकाल चार सहिदका अतिरिक्त इतिहासमा चर्चित पहिले र पछिका अन्य सहिदहरूलाई समेत मिलाई हरेक जिल्ला र सदरमुकाममा यो दिवस मनाइन्छ। याे दिनमा सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ ।