Logo

Student Corner

खेलकुद सप्ताह मेरो अनुभव

Written by: Kritanjali Odari - 27018, Grade IX

Posted on: 22 February, 2024

हाम्रो सिफल स्कुलद्वारा आयोजित खेल कुद प्रतियोगिता नियमित कार्यक्रम हो । हाम्रो विद्यालयमा खेलकुद सप्ताह कार्तिक २० गतेबाट सुरु भएको थियो । यो प्रतियोगिता सात दिनसम्म लगातार चल्ने गर्छ । हाम्रो विद्यालयमा ४ ओटा हाउस छन् । सबैको आआफ्नो हाउसलाई चिनाउने रङ्गहरू छन् जस्तै कोशीको निलो झन्डा छ । कर्णालीको हरियो झन्डा छ । महाकालीको भान्टा रङ्गको झन्डा छ । मेचीको सुन्तला रङगको झन्डा रहेको छ । 

सबै हाउसहरूका आआफ्ना शिक्षकहरू हुनुहुन्छ र हाम्रो हाउसकाे साम्यो म्याम, मजिना म्याम , रोहित सर हुनुहुन्छ । उहाँहरूले हामी बाल बालिकाहरूलाई उत्प्रेरित र हौसला दिनु भएको थियो। उहाँहरूको साथ र समर्थनले गर्दा हामीलाई खुसी र हौसला मिल्यो । म महाकाली हाउसको सदस्य हुँ । मलाई त्यो सप्ताहभरि मन परेको खेलकुद बास्केट बल रहेको थियो । मलागयत  मेरो टिम श्रीया दिदी, समिरा दिदी , सुबिज्ञा दिदी र डीना दिदी मिलेर बास्केटबलकाे खेल जित्न सफल भयाैँ । मलगायत मेरो टिम र हाम्रो हाउस शिक्षक निकै खुसी भयाैँ । हामीहरूको टक्कर फाइनलमा कोशी हाउससँग परेको थियो । त्यो हाउसमा निकै राम्रा र हामीभन्दा ठुलो तहमा खेल्ने खेलाडीहरू थिए । त्यसकारण मलाई डर लागिरहेको थियो तर, म र मेरो टिम जे हुन्छ, हुन्छ भनेर लागि पसेर खेल्न थाल्याैँ । हाम्रो खेल हेर्ने एउटा दाइ हुनुहुन्थ्यो  । उहाँले हामीलाई सलाह सुझाव दिनुभएको थियो ।  खेल हाम्रो लगभग ४८ मिनेटको हुन्थ्यो । खेल सुरु भयो । कोशीलाई पेलेर खेल्न सुरु गर्याैँ । पहिलो अङ्क श्रीया र सुविज्ञा दि मिलेर  हान्न सफल भए । हाम्रो हाउसलाई समर्थन गर्ने हाम्रै हाउसका समर्थक विद्यार्थीहरूले  हुटिङग गर्न थाले । हामीले पहिलो अङ्क पाएकाे २ मिनेटपछि हामीलाई हाम्रो बास्केटबल प्रशिक्षकले हामीलाई ब्रेक दिनुभयो । त्यो ब्रेकको समय ३ मिनेट मात्र थियो, त्यहाँ हामीले अझै हाम्रो टिमलाई बलियो बनाउने सल्लाह गर्याैँ। हामीलाई त्यहाँको दादाले फेरि खेल सुरु भयो भनेर बोलाउनु भयो । खेल सुरु भयो, बिस्तारै खेल्दै गर्याैँ । कोशीले हामीलाई दबाब दियाे तर हामीले पनि उनीहरूलाई पेल्दै गयाैँ ।  अर्को एक अङ्क आयाे हाम्राे । जति अङ्क बढ्दै गयो त्यति कोशीले हामीलाई नराम्रो गर्दै गयो। उनीहरूले हामीलाई दबाबमा पारे पनि हामीले आफ्नो कोसिस गर्न छाेडेनौ ।

केही समयपछि हाम्रो बास्केटबल खेलाउने प्रशिक्षकले ब्रेक दिनु भयो । हाम्रो एक अङ्कलाई २ भनेर मानिदो रहेछ । कुन ठाउँबाट बास्केटमा बल छिराएकाे त्यहीअनुसारकाे अङ्क प्राप्त हुँदाे रहेछ ।  हाम्रो हाउसको शिक्षकले जित्नुपर्छ है भनेर हौसला दिनुभयो हामीलाई । हाम्रो प्रशिक्षकले अर्को तरिका दिनुभयो । हाम्रो आराम लिने समय सकियो । यो हाम्रो अन्तिम ओभर थियो । अन्तिम ओभरमा मैले एक अङ्क हाने र अन्तिमकाे २ मिनटमा कोशीले  हान्यो । कोशीका खेलाडीहरूले  आफू जित्नुपर्छ भन्ने धेरै आत्मविश्वास थियो तर त्यसाे भएन । खेल सकिएपछि हामी महाकालीको सबै सदस्य भएर फोटो खिच्याैँ । रमाइलो गर्याैँ । हामी सबै जना पदक लिने समय कुरेका थियाैँ । त्याे समय डियरवाक सिफल नाइटमा आयाे र हामीले पदक लियाैँ । यसरी यस वर्षकाे खेल सप्ताह सकियाे ।