Logo

Student Corner

ब्रह्माण्ड

Written by: Shreevaani Dhungel - 29044, Grade VII

Posted on: 22 February, 2024

ब्रह्माण्ड भनेको हाम्रो असली घर हो ।  यहाँसँग हाम्रो सारा अनुसन्धान, अन्वेषण, र आविष्कारहरू भइरहेका छन् । ब्रह्माण्डले हामीलाई आकाशगङ्गा, ताराहरू, ग्रहहरू, र ब्ल्याकहोलहरूको रहस्यमय समृद्धि देखाएको छ । यो अत्यन्त ठूलो रहस्य हो । जसले हामीलाई चिन्ता र आश्चर्यमा पारेको छ । ब्रह्माण्ड धेरै ठुलो छ र तलकाे ठुलो भनेर हामीले चाहिँ सोच्न मिलेन । ब्रह्माण्डको सीमा बुझ्न अत्यन्त कठिन छ तर, विज्ञानले हामीलाई ब्रह्माण्डको अन्धकारबाट निकालेर नयाँ दिशा देखाएको छ । हामी टेलिस्कोप नामक उपकरणले ब्रह्माण्ड हेर्न सक्छौँ, तर हेर्न जुटाउँदा रहेका चुनौतीहरू पनि छन् । ब्रह्माण्डमा दूरसँग बसेका उल्ल टाढाका क्षेत्रहरू हाम्रो अनुसन्धान र अन्वेषणको लागि बाधामा परेका छन्, किनभने यी रेञ्जहरूको आधारमा हामीले ब्रह्माण्डसँग अब तत्पर भएका छौँ । ब्रह्माण्ड अत्यन्त रहस्यमय छ र यो हाम्रो सृष्टि र विकासको बारेमा थाहा पाउँछ र जागरूक बनाउँछ । यो एउटा अदृश्य सागर हो, जसमा हामीले अझ पनि अनगिन्ति रहस्यहरू खोज्न सक्छौँ र हेर्न सक्छौं।  ब्रह्माण्ड असाध्यै ठुलो भएको कारण ब्रह्माण्डको बारेमा अहिलेसम्म वैज्ञानिकहरूले धेरै थाहा पाउन सकेका छैनन् तर अहिलेसम्म नासाले खोजी गरिरहेको छ । हामी मिल्की वे ग्यालेक्सी भित्र बस्छौँ । 

हामी सौर्यमण्डलभित्र बस्छौं जहाँ आठ ग्रह छन् । बुध, शुक्र, पृथ्वी, मङ्गल, वृहस्पति, शनि, युरेनस र नेप्च्युन सौर्यमण्डलका ग्रह हुन् । यी सबै ग्रहहरू सूर्यको वरिपरि परिक्रमा गर्छन्। सूर्यले हामीलाई ताप र प्रकाश दिन्छ। कैयौँ वर्ष अगाडि मानिसहरूलाई लाग्थ्यो कि पृथ्वी स्थिर हुन्छ र सूर्य र चन्द्रमा र तारा पृथ्वी वरिपरि घुम्छन् तर टेलिस्कोपको आविष्कार भएपछि मात्र मानिसहरूलाई थाहा भयो कि सूर्य स्थिर हुन्छ र पृथ्वी सूर्य वरिपरि घुम्छ र पृथ्वी जस्तै अरू ग्रहहरू पनि छन् ।  अहिले सम्म पृथ्वी बाहेक अरू कुनै ग्रह छैन जसमा जीवजन्तुहरू बाँच्न सक्ने अवसर छ । त्यसैले हाम्रो पृथ्वी राम्रो छ किनभने पृथ्वीमा पानी  उपयुक्त वातावरण छ ।  यहाँ हरेक जीवजन्तु बस्न सक्छन्  तर ब्रह्माण्ड ठुलो भएको कारण नभेटिएको अझै धेरै ग्रह पृथ्वी जस्तै होलान र अझै मानिसको बास त्यसमा छ होला । आखिरमा , ब्रह्माण्ड धेरै ठुलो र जटिल छ तर ब्रह्माण्ड पनि हो जहाँ हामी बस्छौँ । ब्रह्माण्डले हामीलाई जीवन दियो । बिग ब्याङ्ग सिद्धान्तले सौर्यमण्डल बनायो । यसले हाम्रो घर, हाम्रो पृथ्वी पनि बनायो । त्यसैले हामीलाई बाच्ने अवसर र हाम्रो पृथ्वीले हामीलाई बाँच्नका लागि स्रोतहरू दिएकोमा ब्रह्माण्डलाइ धन्यवाद गर्नुपर्छ ।