Logo

Student Corner

फूल

Written by: Darshana Khadka - 31048, Grade V

Posted on: 22 February, 2024

फूलहरू अत्यन्तै सून्दर हुन्छन्

तिनीहरूले मेराे मन छुन्छन्

फूलहरू हुन्छन् धेरै रङ्गीचङ्गी

यहीँ सुन्दरतामा रमाउँछन् चराचुरुङ्गी


 

राता, पहेँला, सेता आदि छन् सप्तरङ्गी

यसकाे रस चुस्न भनी आउँछन् धेरै माैरी

दिएकाे छ प्रकृतिले यस्ता सुन्दर फूल

वरिपरि डुल्छन् पुतलीका हुल


 

मलाई पनि फूल जस्तै मिठाे सुवास छर्नु छ

राम्रा राम्रा काम गरी सधैँ अघि बढ्नु छ ।