Logo

Student Corner

रहरकाे घुमघाम

Written by: Tanishq Shakya - 28011, Grade VIII

Posted on: 21 February, 2024

 

समृद्धि परेवा काठमाडाैँ उपत्यकामा पशुपति मन्दिर नजिकै बस्थी। उसले जहिल्यै मान्छेहरू पशुपति मन्दिरभित्र गएर फर्केको देख्थी। ऊ पशुपति मन्दिर नजिकैको रुखमा एउटा गुडँमा बस्थी। त्यहाँँबाट उसले मान्छे मात्र होइन चरा र जनवर पनि गएको देखी। त्यहाँ के छ भन्ने उत्सुकता लिएर एक दिन उसले आफ्नी आमा फूलमायालाई त्यसबारे प्रश्न सोधी । फूलमायाले भनिन्, " पशुपति मन्दिर धर्मस्थल हो र त्यहाँ मान्छेहरू भगवानको दर्शन गर्न जान्छन्।" समृद्धि उत्सुक हुदै बिचमा बोली "म पनि पछि त्यहाँ जान सक्छु?" फूलमायाले त्यो सुनेर हास्दै भनी " सकिहाल्छौ नि! तिमीले उड्न सिकेपछि त पशुपति मात्र होइन अरू ठाउँ पनि घुम्न सक्छौ।" आफ्नी आमाको कुरा सुनेर समृद्धि खुसी भई र छिट्टै उड्न सिक्ने भनेर निर्णय गरी । 


 

त्यही रुखको अर्को गुँडमा सारिका परेवा, समृद्धि परेवाकी साथी बस्थी । सारिका समृद्धि भन्दा १ महिना जेठी थिई र उसलाई पनि यात्रामा गएर विभिन ठाउँ भ्रमण गर्ने इच्छा थियो। सारिकाले पनि उड्न सिकिरहेकी थिई र केही दिनपछि ऊ आफ्नो यात्रामा गई। सारिका यात्रामा गएको देखेर समृद्धि पहिलेभन्दा धेरै उत्सुक भई। उसले आफ्नी आमालाई पनि देश भ्रमणबारे धेरै प्रश्न सोधी । उसकी आमा फूलमायाले पनि उत्तिकै उत्सुकताका साथ ती प्रश्नहरूको उत्तर दिइन् । केही दिन बितेपछि समृद्धिले पनि राम्रोसँग उड्न सिकी र त्यही दिन उसकी साथी सारिका पनि आफ्नो यात्राबाट फर्की । सारिकाले आफूले देखेका सबै कुरा समृद्धिलाई भनि र भ्रमण गरेको ठाउँबारे पनि भनी। सारिकाको कुरा सुनेर समृद्धिलाई पनि छिट्टै घुम्न जान मन लाग्यो र उसले २ दिनपछि आफ्नो यात्रा सुरु गर्ने निर्णय लिई। यस बारे उसले आफ्नी आमा फूलमायालाई पनि भनी। आफ्नी छोरी खुसी भएको कारण फूलमाया पनि अत्यन्त खुसी भई । 


 

२ दिन बितेपछि समृद्धिले आफ्नो परिवार र साथीहरूबाट बिदा लिई र आफ्नो यात्रा सुरु गरी । सबैभन्दा पहिले उसले पशुपति मन्दिर जाने विचार गरी। त्यहाँ दर्शन गर्नका लागि आएका धेरै मान्छे देखेर ऊ छक्क परी । उसले पहिले पनि मान्छे आएको र गएको त देख्थी तर त्यहाँ धेरै भिड देख्दा उसले सोची "ओहो! यहाँ त मैले सोचेकोभन्दा धेरै मान्छे पो छन् । मैले त यहाँ केही बेर मात्र बसेर अर्को ठाउँमा जाने भनेर सोचेकी थिएँ तर यति मान्छेको भिड हुन्छ भन्ने सोचेकै थिइन। यस्तो मान्छेको भीड नै हुने गरी कसको दर्शन गर्न आएको त हेर्नै पर्‍याे ।" समृद्धि परेवाले भगवानको दर्शन गरी र त्यहाँ एक जना मान्छेले अरू परेवाहरूलाई चामल र अन्य दाना दिएको देखी । उसलाई भोक लागेको भएर उसले त्यो चामलको दाना खाई। त्यो मान्छेको नाम बलबहादुर थियो र समृद्धिले बलबहादुरलाई पशुपतिको बारेमा सोधी । बोल्न सक्ने परेवा देखेर बलबहादुरलाई अचम्म लाग्यो र केहीबेर कुराकानी गरेपछि उनीहरू आ-आफ्नै बाटो लागे । 


 

समृद्धि परेवाले आफ्नी आमाबाट सुनेकी थिई कि बुद्धको जन्मभूमि नेपालमा नै पर्छ । बलबहादुरसँग गरेको कुराकानीबाट उसले बुझी, लुम्बिनी बुद्धको जन्मभूमि हो । समृद्धि एक उत्सुक परेवा भएका हुनाले उसले लुम्बिनी जाने निर्णय गरी र त्यति बेला नै लुम्बिनीतर्फ लागी । धेरै बेर उडेका कारण ऊ थाकिसकेकी थिई र त्यस दिनको लागि विश्राम गर्ने भनेर सोची । ऊ एउटा रुखको हाँगामा गएर बसेकी नै थिई र त्यहाँ लुम्बिनी जाने बस आइरहेको थियो । समृद्धि परेवाले सोची "अहिले यहाँ बसेर आराम गर्नुभन्दा त म त्यस बसमाथि बसेर आराम गरेको राम्रो हुन्छ । विश्राम पनि गर्न पाउँछु र लुम्बिनी पनि छिट्टै पुग्छु।" नभन्दै समृद्धि त्यस बसतर्फ लागी र बसमाथि बसी । राति भइसकेको कारणले ऊ त्यहीँ निदाइ। बिहान ऊ छिट्टै उठी र लुम्बिनी पुग्न लागेको देखेर धेरै खुसी भई।  ऊ पहिलो दिन खाएको खानाले अघाएकी थिइन तर लुम्बिनी पुगेको उत्सुकताले त्यसबारे उसको ध्यान गएन। अब ऊ आफै लुम्बिनीतर्फ लागी र केही बेरमा त्यहाँ पुगी । समृद्धि लुम्बिनीमा पुगेपछि त्यहाँको प्राकृतिक सुन्दरता देखेपछि आकर्षित भई। उसले त्यहाँ भिक्षुहरू देखी र ऊ जस्तै अरू परेवाहरू पनि देखी । उसले नजिकै धान चामलको दाना देखी  र त्यही  खाई । ऊ पहिले त स्तूपमा गई र एक चक्कर घुमी । त्यसपछि ऊ मायादेवी मन्दिरभित्र गई। त्यहाँ धेरै उज्यालो नभएका कारण उसले भित्र राम्ररी देखिन तर त्यही बसेको मान्छेबाट बुद्धको जीवनी सुनी । ऊ बुद्धको जन्मभूमिमा भएको कारण धेरै खुसी भई र मन्दिर बाहिर गई। उसले बुद्धले टेकेको सात पाइला पनि देखी र त्यसबारे आफ्ना साथी र परिवारलाई भन्न उत्सुक थिई। त्यस दिन ऊ एउटा रुखमा बसी र अर्को दिन अरू मन्दिरहरू हेर्ने विचार गरी। 


 

अर्को दिन ऊ बिहानै उठी र अरू मन्दिरहरू हेर्न गई । उसले एउटा एउटा गरी सबै मन्दिरहरू हेरी र आफ्नो लुम्बिनीको यात्रा सकाई। समृद्धि परेवाले उसकी साथी सारिका परेवाबाट इलामको बारेमा सुनेकी थिई। त्यसैले उसलाई इलामको चिया बगान हेर्न मन लाग्यो। त्यस दिन समृद्धि लुम्बिनीको एउटा मन्दिरभित्र बसी । राति सुत्नुअघि उसले एक भिक्षुसँग कुरा गरी र भगवान बुद्धको जीवन बारे राम्ररी बुझी। ऊ घर फर्केपछि त्याे  कुरा आमालाई सुनाउन उत्सुक थिई। अर्को दिन समृद्धि परेवाले ती भिक्षुसँग बिदा मागी र आफ्नो बाटो लागी । समृद्धि आफ्नो घरभन्दा कहिल्यै त्यति टाढा रहेकी थिइन र बाटोमा पनि उसले आफ्नै घरकाे बारेमा नै सोचिरही । हेर्दाहेर्दै ऊ इलाम नजिकै पुगी । आफ्नो सोचमा मग्न भएर उडेकी समृद्धिले समयको चाल पाइन। यात्राले थकित हुँदै ऊ केहीबेर विश्राम गर्न बसी र पानी पनि पिई। इलामको सुन्दरतामा मग्न भएपछि त उसले आफ्नो घरको बारेमा बिर्सी। त्यहाँ चारैतिर हरियाली थियो र अत्यन्त सुन्दर दृश्य थियो। इलामको चिया बगानमा मान्छेहरू राई र गुरुङ समुदायको पोसाक लगाएर तस्बिर खिचिरहेका थिए । उसले त्यो देखेर सोची कि उसँग मोबाइल वा क्यामेरा भएको भए त्यहाँको तस्बिर खिचेर आमालाई देखाउथी । समृद्धिले इलामको बारेमा त अरूहरूबाट धेरै कुरा सुनेकी थिई तर उसले इलाम त्यति सुन्दर हुन्छ भनेर सोचेकै थिइन। " ओहो! इलाम त कस्तो सुन्दर रहेछ। इलाम मात्र पनि होइन लुम्बिनी र पशुपति पनि उत्तिकै सुन्दर र महत्त्वपूर्ण रहेछन् । नेपाल त एक सुन्दर देश रहेछ, यहा मान्छेहरू एकआपसमा मिलिजुली  रहन्छन् र सरसहयोग गर्दा रहेछन्। म मेरो घरमा मात्र बस्दा त यो थाहा नै थिएन तर नेपालको कला र संस्कृति त देशको आकर्षण रहेछ।" समृद्धिको मनमा विचार आयो। 


 

देशको विभिन्न ठाउँ घुमेकाे भएर समृद्धि परेवा अत्यन्त खुसी थिई। उसलाई अझै पनि विभिन्न ठाउँ घुम्न र त्यस ठाउँबारे बुझ्न मन थियो तर पहिलो पटक घरबाट धेरै दिनका लागि टाढा भएका कारण उसले आफ्नो यात्रा टुङ्ग्याउने सोची  र अर्को दिन बिहानै नजिकै काठमाडौँ जाने बस देखेपछि त्यसमाथि बसेर आफ्नो घर फर्की। बसमा उसले आफ्नो यात्राको बारेमा नै सोचिरहेकी थिई।  घर फर्केको देख्दा तथा समृद्धि परेवाकी आमा फूलमाया पनि खुसी भइन्। समृद्धि परेवा आफ्नो यात्राको बारेमा आफ्ना साथीहरू र परिवारलाई मात्र होइन सानै उमेरको परेवालाई पनि गर्वका साथ सुनाई र अरू परेवालाई पनि देश भ्रमण गर्न हौसला तथा प्रेरणा दिई ।