Logo

Student Corner

सहिद दिवस

Written by: Prapya Mishra - 32049, Grade IV

Posted on: 21 February, 2024

 सहिदहरू देशको लागि बाँचे देशकै लागि मरे

 आफ्नो र आफ्नोकाे भन्दा देशकै धेरै माया गरे

 ज्यानको बाजी थापेर होमिए देशको लडाईमा

 हाँसी हाँसी नडराइ गए फाँसीको फन्दामा

 कसैको अधीनमा रहेन नेपाल सहिदकै रगतले

 त्यसैले त शिर झुकाई नमन गर्दैछन् आज जगतले 

 सहिद दिवस भनी हामी उनकै सम्झनामा मनाउँछौँ

वर्षमा एक दिन भएपनि उनका सालिक माला लगाई सजाउँछौँ

सहिदको योगदान सम्झी देशमा राम्रो केही गर्नुछ

भावी पुस्ताले सम्झने गरी विकासको बिउ छर्नुछ

आफ्नो लागि त सबैले गरे गरौँ केही देशलाई सम्झेर 

नेपाललाई संसारमा चिनाऔँ विकासमा अगाडि लम्केर 

देश राम्रो भयो भने राम्रा हुन्छन् यहाँका सबैजना 

त्यसरी नै गर्नुपर्छ अब सहिदको सच्चा सम्झना॥