Logo

Student Corner

देश

Written by: Dinisha Shiwakoti - 31042, Grade V

Posted on: 20 February, 2024

मेराे देश मेराे जन्मभूमि छ विचित्र

बसेकाे छ हिमालकाे सुन्दर काखभित्र

जताततै वनपाखामा चराकाे सुसेली

पूर्वमा छ मेची र पश्चिम महाकाली ।



 

संसारकाे ठुलाे हिमाल यतै

सगरमाथा हिमाल अन्त छ हाेला र कतै ?

हामीलाई गर्व छ हामी नेपाली

मिलेर बसेका छाैँ हिमाल, पहाड र तराई सुन्दर बनाई ।


 

यताउता कलकल नदीनाला बगेका

डाँडैभरि पाखाभरि लालीगुराँस फुलेका

अन्नकाे भण्डार हाे हाम्राे देशकाे तराई

नेपालकाे सुन्दर दृश्य  हेर्न आउँछन् पराई ।